हङकङ : हाईकिङ गएका पैदलयात्रीको मृत्यु…

एचकेनेपाल डट कम –

हङकङ, २९ जनवरी। १० जना साथीहरु मिलेर हाईकिङ जाँदा एक जना पैदलयात्रीको बाटोमै मृत्यु भएको छ।

उनीहरु आज दिउंसो पैदल यात्रा गर्न लिन मा हाङ, शा ताउ कोक गएका थिए। पैदल यात्राको क्रममा एक जना ६१ वर्षीय लियुङ थरका पुरुष विरामी परेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए।

सरकारी उडान सेवाको हेलिकप्टर घटनास्थलमा पुगेर पीडितको उद्धार गरी आकस्मिक उपचारका लागि पामेला युडे नेदरसोल इस्टर्न अस्पतालमा पठाइएको थियो।

दुर्भाग्यवश, चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। मृत्युको कारणबारे अनुसन्धान हुन बाँकी रहेको जनाइएको छ।





Comments

comments

66445