Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखराका चर्चित राष्ट्रिय खेलाडीहरूद्वारा भोम्जनको परिवारलाई सहयोग

रञ्जन अधिकारी / एचकेनेपाल डट कम – वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाएका खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष सुमन भोम्जन र वरिष्ठ भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठको परिवारका लागि राहत रकम हस्तान्तरण गरिएको छ।

-

सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्यले क्लबका तर्फबाट पत्रकार भोम्जनको परिवारका लागि मञ्चले स्थापना गरेको सुमन भोम्जन सहयोग कोषमा १५ हजार ५ सय ५५ रुपैंया नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई हस्तान्तरण गरेका छन्।

यस्तै, पोखराका चर्चित खेलाडीहरु राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, भलिबल खेलाडीहरु मञ्जु गुरुङ, सिपोरा गुरुङ र परीक्षा गुरुङले भोम्जन परिवारका लागि ३० हजार र श्रेष्ठ परिवारका लागि ३० हजार रुपैंया फुयाँल मार्फत प्रदान गरेका छन्।

सिपोरा अभिनित फिल्म याम्फावती निर्माता थुम्रो ईन्टरनेशनलले पनि पत्रकार भोम्जनको परिवारलाई ११ हजार १ सय ११ रुपैंया प्रदान गरेको छ।

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

6707