अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको सल्लाहकार समिति गठन

नातिबाबु भट्ट –

कोलोराडो अमेरीका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको हालै सम्पन्न कार्यसमितिको बैठकले ५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ।

कार्यसमितिको बैठकको निर्णय अनुसार र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको विधान २०१२ पहिलो संशोधन, २०२० बमोजिम कार्यसमितिको यस कार्यकालको लागि विविध योजनाहरुको कार्यान्वयन गर्न र परिस्थितिजन्य निर्णयहरु गर्न आवश्यक सरसल्लाह लिनको निम्ति सल्लाहकार समिति गठन गरिएको हो।

यसरी गठन गरिएको सल्लाहकार समितिमा विभिन्न क्षेत्रमा कार्य गरेर सामाजिक प्रतिष्ठा र अनुभव हासिल गरिसकेका र साहित्यिक गतिविधिमा सक्रिय रहेका निर्मल प्याकुरेल, रमेश गुरुङ, प्रमिला शर्मा, कपिलदेव सुवेदी र बासुदेव खनाल सदस्य रहेका छन्।

सल्लाहकार समितिको गठनबाट शाखाद्वारा भविष्यमा गरिने कार्यक्रमहरुलाई थप गति दिन र शाखालाई अनुशासित बनाउन मद्दत पुग्ने विश्वास गरिएको अध्यक्ष राजु सिटौलाले बताएका छन्।





Comments

comments

67128