Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

देशलाई दुःख पर्दा जाग्दै कोलोराडोबासी

नातिबाब भट्ट, कोलोराडो, अमेरीका। नव नियुक्त राजदूत डा.अर्जुन कार्कीलाई कोलोराडो समाजका तर्फबाट भूकम्प पीडितलाई सहयोग पुर्याउन संकलित रकम एक समारोह बिच हस्तान्तरण गरिएको छ।

यसरी रकम हस्तान्तरण गर्नेहरुमा कोलोराडोस्थित सिख समुदायका तर्फबाट अध्यक्ष तेजवन्त सिङले १० हजार १७, कोलोराडो स्प्रिङ् समाजका पुरुषोत्तम पाण्डेले ५ हजार र स्थानीय संस्थााहरुबाट संकलित १० हजार गरी जम्मा २५ हजार १७ डलर आईतबार सांझ अरोरास्थित ताज रेष्टुरेण्टमा सम्पन्न एक कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा वरिष्ट पत्रकार एवं अन्नपूर्ण पोष्ट दैनिकका प्रधान संम्पादक यूवराज घिमिरे, वाणिज्यदूत ऋषि ढकाल, अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, नेजाका अध्यक्ष गौतम दाहाल, रकीमाउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठ, सिख समुदायका पदाधिकारी, स्थानीय संघ संस्थ्ँँका प्रतिनीधी लगायत ठूलो संख्यामा नेपाल र नेपालप्रति माया र सद्भाव राख्नेहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका विशेष अतिथि राजदूत कार्कीले देशलाई पिडा पर्दा आफ्नो गांस कटाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयोग रकमको सहि सदुपयोग हुने कुरामा शंका नगर्न सबैलाई अनुरोध गरेका छन्। उनले आगामी दिनमा पनि संकलित सबै सहयोग प्रधानमन्त्री राहात कोषमा जम्मा हुने गरि पठाउन आग्रह गरे।

यस अघि पनि यहांका संघसंस्था तथा व्यक्तिगत पहलमा संकलित धेरै रकम नेपाल रेडक्रस तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरि पठाई सकेका छन्।





Comments

comments

Leave a Reply

6721