भूकम्पपीडितलाई ठग्ने व्यापारी ४१ लाख धरौटीमा छुटे

विराटनगर, भूकम्पपीडितका लागि राजश्व छुटमा आयात गरिएको त्रिपाल कालोबजारी गरी बेच्ने ३ व्यापारीलाई मोरङ प्रशासनले ४१ लाख धरौटी लिएर मंगलबार छाडेको छ।

खरिद मूल्यभन्दा ७८ प्रतिशतसम्म बढी मूल्यमा बेचेको र खरिदकर्तासँग मूल्य अभिबृद्धि करसमेत लिएको पाइएपछि अम्बिका वस्त्रालयका प्रदीप अग्रवाल, देवीदत्त अग्रवाल र परनम इन्टरप्राइजेजका जीतेन्द्र सेठियालाई मोरङ प्रशासनले चार दिनअघि नियन्त्रणमा लिएको समाचार कान्तिपुर दैनिकमा छ।

अम्बिका बस्त्रालयमा प्रदीप र देवीदत्त अग्रवालसँग जनही १५–१५ लाख र सेठियासँग ११ लाख रुपैया धरौटी लिएर छाडिएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले बताए।





Comments

comments

Leave a Reply

6719