Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

३४ सन्तानकी आमा प्रिटी

मुम्बई- बलिउड अभिनेत्री प्रिटी जिन्टा अझै अविवाहित छिन्। तर, उनका ३४ सन्तान छन्। सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर, यो सत्य हो। उनले ३४ जना बालिकालाई धर्मसन्तानका रूपमा ग्रहण गरेकी छिन्।

‘छ वर्षअघि ३४औँ जन्मदिनमा मैले ऋषिकेशमा रहेको मदर मिरेकल स्कूलमा पढ्ने ३४ बालिकालाई धर्मसन्तान बनाएँ,’ पश्चिमी मुलुकमा गत साता मनाइएको मदर डेमा आयोजित एउटा कार्यक्रममा प्रिटीले भनिन्, नागरिक दैनिकमा समाचार छ।

भारतजस्तो देशमा महिलालाई दोस्रो दर्जाका नागरिक मान्ने गरिएको उल्लेख गर्दै प्रिटीले आफ्ना धर्मसन्तानलाई योग्य बनाउने चाहना रहेको उल्लेख गरिन्। ‘मेरा छोरीहरूलाई म समाजमा राम्रो स्थान दिलाउन चाहन्छु,’ उनले भनिन्।





Comments

comments

Leave a Reply

6737