Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

होटल मालिकले कामदार युवतीको घाँटी रेटेर हत्या

काँकरभिट्टा- मेचीनगर नगरपालिका १० काँकरभिट्टाका एक होटल सञ्चालकले कामदार महिलाको शनिबार विहान राति घाँटी रेटेर हत्या गरेका छन्।


फोटो:होटल मालिकले हत्या गरिएकी मन्दिरा विक । तस्बिर :विकको फेसबुकबाट

सिलोङ होटलका सञ्चालक २६ वर्षीय विजय लामाले केही महिनादेखि होटलमा काम गर्दै आएकी मजदुर बिर्तामोडकी २० वर्षीया मन्दिरा विकको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ।

इप्रका काँकरभिट्टाका प्रमुख अर्जुन तिमल्सिनाका अनुसार हत्यामा संलग्न विजय र उनका सहयोगी कुमार तामांग शनिबार विहानै पक्राउ परेका छन्।

विजयकी आमा माया लामा हत्या भएको बेलामा डेरामा सुत्न गएकी अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ।

त्यसबखत उक्त होटलमा विजय, मन्दिरा र अर्का कामदार कुमार तामाङ रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार मादक पदार्थ पिएका उनीहरुमध्ये मन्दिराले विजयलाई सामान चोरेको आरोप लगाएपछि विजयले उनको घाँटी रेटी हत्या गरेको इप्रका काँकरभिट्टाका प्रमुख डिएसपी तिमल्सिनाले बताए।

राति १ बजे हत्या गरेपछि उनको शव विजय र कुमारले होटलदेखि केही टाढा नालामा फालेर भाग्ने क्रममा स्थानीयको सहयोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। उनीहरु दुबैलाई अनुसन्धानका लागि हिरासतमा राखिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ।

प्रहरीका अनुसार विजय र कुमारसँगै विजयकी आमा माया र उनका अर्का छोरा मनोजलाईसमेत अनुसन्धानका लागि पक्राउ गरिएको छ।

तर हत्यामा उनीहरुको संलग्न नदेखिएको इप्रका काँकरभिट्टाले जनाएको छ। उनीहरुलाई होटलमा अनैतिक गतिविधि सञ्चालन गरेको आशंकामा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।





Comments

comments

Leave a Reply

6756