Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आफूसंग विवाह नगर्ने युवकमाथि युवतीद्वारा तेजाब प्रहार

वाराणसी–बलिया जिल्लाको रासरामा बिहीबार राति एक युवतीले आफूले विवाह गर्न राखेको प्रस्ताव नमानेको निहुँमा युवकमाथि तेजाव प्रहार गरेकी छन्।

तेजाव प्रहार गर्ने युवतीलाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ। तेजाव प्रहारपछि घाइते भएका युवक राजकुमार पाललाई तत्काल वारा यणसीस्थित अस्पताल पठाइएको थियो। युवक हाल अस्पताल भर्ना भएका छन्।

घाइते राजकुमार रासरा थानाअन्तर्गत जमगाउँका बासिन्दा हुन्। उनी छतमा सुतिरहेका बेला छिमेकमा बस्ने युवतीले अनुहारमा तेजाव प्रहार गरेकी थिइन्। ती केटीले विवाहका लागि राखेको प्रस्ताव राजकुमारले अस्वीकार गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ। यस घटनापछि ती युवती राजकुमारसँग रिसाएकी थिइन्।





Comments

comments

Leave a Reply

6760