Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्पको भयले धमाधम गर्भपतन

काठमाडौं, जेठ १७-कृपा शर्मा पाँचमहिने गर्भवती हुन्। वैशाख १२ र २९ दुई ठूला भूकम्प जादाँ उनी घरमै सुतिरहेकी थिईन्। सासूले उनलाई अत्याईन, भूकम्प जाँदा सुतिरहेका गर्भवतीबाट अपांग बच्चा जन्मन्छ। सासुको कुरा सुनेर उनी आत्तिईन्। उनलाई लाग्यो, अपांग बच्चा जन्माउनुभन्दा गर्भ तुहाउनु बेस।

यस्तो सोचेर उनी स्त्रीरोग विशेषज्ञ डाक्टर शिलु अर्यालकहाँ पुगिन्र डाक्टर अर्यालले उनलाई भूकम्पले गर्भको बच्चालाई कुनै असर नगर्ने प्रष्ट पार्दै बरु अल्ट्रासाउन्ड गराएर आफैँ आश्वास्त हुन सुझाइन्।

बच्चाको अवस्था ठिक देखियो। यस्तो समस्या कृपालाई मात्र होइन भूकम्प जादाँ गर्भमा बच्चा रहेका प्राय गर्भवतीमा देखिन्छ। कारण, भूकम्पका बेला चलमल नगरी सुतिरहने गर्भवतीको गर्भ नै तुहिन्छ वा अपांग बच्चा जन्मिन्छ भन्ने अन्धविश्वास समाजमा व्याप्त रहेको समाचार नागरिक दैनिकमा छ।





Comments

comments

Leave a Reply

6758