भूकम्पपीडितका लागि यूएईमा भव्य च्यारिटी शो हुदै

रामप्रसाद ढुंगेल / एचकेनेपाल डट कम-
यूएई, भूकम्पपीडितहरुको सहयोगार्थ आगामी जून १२ तारिख आयोजना गरिने भव्य च्यारिटी शोको आकार र क्षेत्र व्यापक बन्दै गएको छ।

कार्यक्रमलाई थप रोचक बनाउन दीपाश्री निरौला पनि आउने निश्चित भएको छ। उक्त कार्यक्रमको सफलताका लागि यूएईको नेपाली समुदाय अभुतपूर्व रुपमा एकजुट भएको छ। कार्यक्रमको सफल आयोजनाका लागि यूएईभर छरिएर रहेका नेपाली अगुवाहरुबीच कामको जिम्मेवारी बाँडफाँट गरिएको छ।

कार्यक्रमका संयोजक कृष्ण भुसालले यो सबैको आयोजनामा गरिएको कार्यक्रम भएका कारण तेरो र मेरोको भावना होइन, हाम्रो भन्ने भावनाले काम गर्न सबैलाई आग्रह गरेका छन्।

कार्यक्रको सम्पूर्ण व्यवस्थापनको जिम्मा पाएका भरत राना मगर पनि नेपालको विपत्तिमा यूएईबासी नेपालीहरु एककताबद्ध भएर अगाडि बढिरहेको बताउंछन्।

३० मेमा अबुधावीमा बसेको विशेष बैठकले अतिथि कलाकारहरुको भिसा व्यवस्थापनको जिम्मा मोहन राज शर्मालाई दिएको छ भने टिकट व्यस्थापनमा ग्रीनलाईन ग्रुपका बालकृष्ण खड्काको संयोजकत्वमा गायक प्रकाश पौडेलले सहजीकरण गर्ने भएका छन्।

स्वयंसेवक व्यवस्थापनमा भरत राना मगर, राजु गुरुङ, गंगा घले र कल्याण बिकलाई जिम्मेबारी दिइएको छ। होटल व्यवस्थापनको जिम्मा तारा मल्ल, प्रकाश पौडेल, बालकृष्ण खड्का, उत्तम अधिकारी, ऋतुराज चौहानलाई सुम्पिएको छ।

यातायात व्यवस्थापनमा निर्मल पोखरेल, राजेश श्रेष्ठ, प्रकाश पौडेल, अमृता सिग्देल, विनोद वली, कपिल खड्का, राजेश खड्का, इन्द्र सेन खटिने भएका छन्।

स्टेज तथा पोस्टर व्यवस्थापनमा प्रकाश पौडेलले जिम्मेबारी पाएका छन् भने कार्यक्रमको नयाँ पोस्टर पनि सार्वजनिक पनि भइसकेको छ।

आर्थिक संयोजक समितिमा बालकृष्ण खड्का, उतम अधिकारी, विकास अधिकारी रहेका छन्। कार्यक्रमको सफलताको लागि सातै इमिरेटका मुख्य क्षेत्रका अगुवाहरुलाई समेटी बजार व्यवस्थापन, प्रायोजकको खोजी, यातायात व्यवस्था तथा कार्यक्रमको सफलताको लागि माहोल सिर्जना गर्न जिम्मेवारी दिइएको छ।

आबुधाबीमा चित्र केसीका साथमा, अमृता सिग्देल, सन्दिप खड्का, हरिमान तामाङ , भुवन मगर, स्याङदोर्जे सेर्पा, दीपराज न्योङ्हाङ, दीपिका ज्ञवाली, रामभुवन चौधरी, कृष्ण गौतम, अमृत गुरुङ, सुजन थापा, नवराज बस्नेत, गोकुल कुइंकेललाई कार्यक्रमको सफल आयोजनाका लागि आवश्यक सबै काम गर्ने अख्तियारी दिइएको छ।

नेपालीहरुको बाक्लो उपस्थिति रहेको दुबईबाट सिपी सापकोटा, डेरराज गुरुङ र व्यावसायी दिपा पाण्डे संयोजनमा अन्य सहयोगीहरुलाई सहकार्य गर्न मूल समितिले आग्रह गरेको छ। भूकम्पपीडित नेपालीलाई सहयोग गर्ने उत्तम अवसर भएका कारण कार्यक्रमको भव्यताका लागि दुबईबाट गोपाल कंडेल, राजु सिंजाली मगर, भुवन राई, उपेन्द्र राना, तास लामा, राम मोक्तान ,रेखा घिमिरेलाई पनि जिम्मेबारी सुम्पिएको आयोजकले बताएका छन्।

त्यसरी नै सारजाबाट समाजसेवी कृष्ण ढकाल, प्रकाश कोइराला र प्रवीन शेर्थले सहकार्य गर्ने बताइएको छ।

फुजेराको जिम्मा कृष्ण गिरीलाई दिइएको छ भने अज्मानबाट राजु वाईवा र रास अल खैमाबाट सुदिप कार्की र मेघराज सापकोटालाई तोकिएको छ।

त्यसरी नै अल एनबाट मेघराज शर्मा, मोहन बुढाथोकी मगर, जे. सागर र सानु थापालाई तोकिएको छ।

नेपालीहरुको बाहुल्य रहेको अलकुजबाट हेमन्त पौडेलका साथमा कृष्ण् पौडेल, नेत्र थनेत, गीरमान गाहा मगर, टंक थापा मगर, शिव गुरुङ, महेन्द्र राई, अशोक राम्जाली मगरलाई सहजीकरणको जिम्मेबारी प्रदान गरिएको मूल सचिवालयले दिएको छ।

बदिताजाहेदको जिम्मा रोहित राउतलाई दिइएको छ भने मुसफाबाट श्याम तमु, अमिर लिम्बु, विष्णु रेग्मी, कमल डंगोल, मेघ थापा, भीमनारायण्ँ श्रेष्ठ तोकिएका छन्।

कार्यक्रमको सफल आयोजना तथा कोअर्डिनेसनको लागि कृष्ण भुसाल, विकास अधिकारी, भरत राना मगर, निर्मल पोखरेल र रमेश अधिकारी रहेको सचिवालय गठन भएको छ।

कार्यक्रमको प्रवेश शुल्क ४० दिराम र भीआपी शुल्क २०० दिराम तोकिएको छ। कार्यक्रममा कलाकारबाहेक सचिवाल लगायत स्वयम्सेवकले पनि अनिवार्य टिकट लिनुपर्ने व्यवस्था गरिएको छ।

कार्यक्रम सम्पूर्ण युएईबासी नेपालीहरुको आयोजनामा गर्न लागेको हुनाले मानवीय धर्मको लागि भए पनि सक्दो सहयोग गरिदिन सचिवालयले हार्दिक अपिल गरेको छ।

भूकम्पपीडित नेपालीहरुको सहयोगार्थ यूएईको राजधानी अबुधाबीमा पूर्ण च्यारिटीमूलक सांगीतिक कार्यक्रमको स्वरुप व्यापक हुने भएको छ। उक्त सांगीतिक कार्यक्रमको टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजक समितिले यसअघि नै बताइ सकेको छ।

आगामी जुन १२ तारिख अबुधाबीको अल नादा स्कुलको अडिटोरियममा आयोजना हुने उक्त सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न यूएईवासी नेपालीहरुको कम्मर कसेर लागेका छन्।

नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा, हाँस्यकलाकार दीपकराज गिरी, दीपाश्री निरौला, गायक तिलकबम मल्ल, इन्द्र जीसी, सम्झना लामिछाने कलाकारहरुको साथमा राजेश हमालकी नवविवाहिता पत्नी मधु भट्राई पनि रहने छिन्।

सोही कार्यक्रमका लागि अस्ट्रेलियाबाट पपगायिका प्रजिता गेलाल र कुवेतबाट बीबी मल्ल ठकुरी पनि आउने निश्चित भएको छ।

नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएका कारण यूएईमा क्रियाशील सबै संस्थाहरुलाई २५ वटाका दरले टिकट खरिद गर्न एनआरएन अध्यक्ष भुसालले आग्रह गरेका छन्।

महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष शर्माले बताएका छन। त्यसरी नै च्यारिटीको लागि भनेर अल नादा स्कुलले हलभाडा पनि निःशुल्क गरिदिएको छ।

अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकहरुले बताएका कारण कार्यक्रमबाट उल्लेख्य रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोजकहरुको विश्वास छ।

कार्यक्रमको सफलताको लागि यूएईमा क्रियाशील सबै नेपाली संस्था एक हुने बेला आएको आयोजकले बताएका छन्।

भूकम्पको पीडामा संगीतको मलम लगाई सेवा गर्ने बेला आएको बाग्लुङ सेवा समाजका वरिष्ठ उपाध्यक्ष तारा मल्लले बताएका छन्। आयोजक समितिले कार्यक्रमको सफलताको लागि यूएईमा रहेका सबै सक्रिय नेपाली संघसंस्थाहरुसंग सहकार्यका लागि अपिल गरेको छ।





Comments

comments

Leave a Reply

6764