Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यात्रु विमान अपहरण गर्ने ३ जनालाई फाँसी

इस्लामाबाद-सन् १९९८ को मे मा पाकिस्तानको यात्रुबाहक विमान अपहरण गर्ने तीन व्यक्तिलाई बिहीबार फाँसी दिइएको छ।


फोटो: विमान अपहरणकारीलाई नियन्त्रणमा लिँदै पाकिस्तानी प्रहरी।तस्बिर: एजेन्सी

ती तीन व्यक्तिले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पिएलए) आन्तरिक विमान अपहरण गरेका थिए। सो विमान बलुचिस्तान प्रान्तबाट कराचीतर्फ गइरहेको अवस्था अपहरणमा परेको थियो।

आतङ्ककारी विरुद्धको अदालतका न्यायाधीश अब्दुल घाफोर मेमोन गतहप्ता ती तीनलाई फाँसीको सजाय सुनाएका हुन्। सो विमान अपहरणमा परेको त्यस अवस्थामा चालकदलका सदस्यसहित ३५ व्यक्ति सवार रहेका थिए।

ती अपहरणकारीले सो विमानलाई भारत लिएर जानका लागि दबाब दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ। तर विमान चालकले सो विमानलाई सिन्ध प्रान्तको हैदराबाद विमानस्थलमा तेल भर्ने निहुँमा रोकेका थिए।

सो विमान चालकले केही समयमा सो विमानलाई भारतको गुजरात राज्य अवतरण गर्छु भनी अपहरणकारीलाई भनेका थिए । केही समयपछि हैदराबाद विमानस्थलमै पाकिस्तानी कमाण्डोहरु आई ती अपहरणकारीहरुलाई पक्राउ गरेका थिए ।

अधिकारीहरुका अनुसार ती अपहरणकारीहरु बलुच लडाकू समूहसँग आबद्ध थिए।

साहसावार बलुच र सबीर बलुचलाई सिन्ध प्रान्तको सेन्टर जेल हैदरबादमा र साब्बीर बलुचलाई सेन्टर जेल कराचीमा फाँसी दिइएको समाचारमा जनाइएको छ। एजेन्सी





Comments

comments

Leave a Reply

6743