Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको जेल सजाय

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्यारालाई ८५ बर्षको जेल सजायको फैसला अदालतले सुनाएको छ। सोमबार भएको सुनुवाईमा मुख्य हत्याराको अभियोगमा पक्राउ परि मोन्टगेमरी काउन्टी कारागारमा राखिएकी भर्जिनिया टेक्निकलका २२ बर्षीया बिद्यार्थी जेसिका मिशेल विङ्गलाई हत्याको अभियोगमा ८० बर्ष र प्रमाणहरुलाई लुकाउन प्रयास गरेकोमा थप ५ बर्ष गरी ८५ बर्षको सजाय मोन्टगेमरी काउन्टी सर्कुट अदालत भर्जिनिया ब्ल्याकबक्सले तोकेको छ।

फाइल फोटोः समानता श्रेष्ठ
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको अदालतमा सुनुवाईमा वादी र प्रतिवादीका वकिलहरुले लामो समयसम्म बहस गरेका थिए। गत बर्ष नै नेपाली मूलकी बिद्यार्थी समानता श्रेष्ठको हत्याराको अभियोगमा भर्जिनिया टेक्निकलका दुई बिद्यार्थीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको थियो।

हत्याका अभियुक्त भर्जिनिया टेक्निकलका बिद्यार्थी भएको र उनीहरु भर्जिनियास्थित ब्ल्याकबक्सका स्थानीय बासिन्दा भएको प्रहरीले जनाएको थियो। अमेरिकाको निकै चर्चित भर्जिनिया टेक्निकल विश्व विद्यालयमा निकै नेपाली बिद्यार्थीहरु अध्ययन गर्छन्।

मुख्य अभियुक्त जेसिका मिशेल विङ्ग उक्त विश्व विद्यालयमा अध्यनरत रहेको प्रहरीले जानकरी गराएको थियो भने समानता श्रेष्ठले उत्तरी भर्जिनियाको जेम्श मेडिशन माध्यमिक बिद्यालयबाट उच्च माध्यमिक शिक्षा सम्पन्न गरेकी थिइन्।

सुनुवाईमा डिसी महानगर क्षेत्रका विभिन्न संघ तथा संस्थाका प्रतिनिधि ,पत्रकार ,समाजसेवी तथा नेपाली समुदायको बिहानदेखि नै घुईचो लागेको थियो। घचाखच भिड भएकोले मानिसहरु बाहिर पनि बस्नु परेको जानकारी अमेरिका नेपाल महिला संघकी पूर्व अध्यक्ष तथा महिला सामाजिक कार्यकर्ता बिष्णु कुमारी थापाले जानकारी गराईन्।

वादी र प्रतिवादीका वकिलहरूले लामो समयसम्म बहस गरेको जानकारी गराउदै यस्तो प्रभावकारी बहस आफूले जीवनमा पहिलो पटक अमेरिकामा देखेको थापाले बताईन्। न्यायाधीशले मुख्य अभियुक्त हत्यारा जेसिका मिशेल विङ्गले ४५ बर्षसम्म सजाय काटेपछि उसका आचरण ,ब्यबहार, अनुशासन राम्रो ठहर भएमा मात्र उनले अदालतमा अपिल गर्न पाउने भनि मोन्टगेमरी काउन्टी सर्कुट अदालतका न्यायाधीशले फैशला समेत गरेका छन्।





Comments

comments

Leave a Reply

6775