Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

म्युजिक भिडियोमा जम्दै मोडल तथा नायक ओम क्षेत्री

भोला सुवेदी / एचकेनेपाल डट कम –
नेपाली कलाकारिता क्षेत्रमा लागेको खासै धेरै समय भएको छैन नायक तथा मोडल ओम क्षेत्रीलाई। नेपाली चलचित्र “कस्तो टेनसन्” मार्फत नेपाली चलचित्र नगरीमा प्रवेश गरेका ओमले चलचित्र “कशिंगर” र “तरंग” मा पनि अभिनय गरिसकेका छन्।

उनी स्थायी घर ओखलढुङ्गा भई हाल राजधानीमा ब्यबसाय गर्दै आएका छन्। युवा क्षेत्री समाज नेपालको मध्यमाञ्चल अध्यक्ष समेत रहेका ओम पछिल्लो समय भिभिन्न मुजिक भिडियोहरुमा व्यस्त छन्।

हालै राजधानीमा छायांकन गरिएको एक भिडियो “यति धेरै माया दिएको “गीतको भिडियोमा मोडल तथा नायक ओम क्षेत्रीले मोडल लक्ष्मी सिवाकोटीसंग पानीमा हट रोमान्सको सिन दिएका छन् जुन दृश्य हाम्रो क्यामेराले कैद गर्न सफल भयो। यद्दपि, ओमको यो पहिलो भिडियो भने हैन, ओमले करिब दुई दर्जनको हाराहारीमा भिडियोहरुमा अभिनय गरिसकेका छन्।

आगामी केही दिनमा नै उक्त भिडियो बजारमा आउने बताए निर्देशक युवराज वाईबाले। ओमले भिडियोमा बोल्ड अभिनय गर्न निकै अफ्ठेरो हुने बताउंदै भने ” मैले चलचित्रको पर्दामा लभर ब्योय, एक्सन स्टन्ट सबै गरे तर भिडियोमा यो किसिमको रोल भने फरक र नौलो हो मेरो लागि। कलाकार भएपछि सबै किसिमको अभिनय देखाउन पर्ने भएकोले यस भिडियोमा म केही पृथक भूमिकामा दखिएको छु।

त्यस्तै यस फोटोमा देखिएकी फिमेल मोडल भने लक्ष्मी सिवाकोटी हुन् लक्ष्मीलाई यस भिडियोमा ओमसंग काम गर्दा सजिलो भएको बताईन्। उनी भन्छिन् “ओम जीसंग काम गर्दा मलाइ नयाँसंग काम गरेको भन्दा नि सजिलो महसुश भयो, ओम जीसंग काम गर्दा मलाई सजिलो महासुस भयो समग्रमा भन्दा” । नेपाली चलचित्र “देवता” लगयात अन्य दुई चलचित्रमा अभिनय गरिसकेकी मोडल लक्ष्मी सिवाकोटीले करिब आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी छिन्।

यस भिडियोमा सन्तोष लामाको आवाज शब्द सुरेश घिमिरे, संगीत ठाकुरी प्रताप अब्दुलको रहेको छ। गीतलाई प्रबिण घिमिरेल खिचेका छन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ।





Comments

comments

Leave a Reply

6782