हङकङ सरकारले फेरि HK$5,000 बाँड्ने…

एचकेनेपाल डट कम –

हङकङ, २२ फेब्रुअरी। हङकङ सरकारले फेरि पाँच हजार हङकङ डलर बाँड्ने भएको छ।

हङकङले १८ वर्ष उमेर पुगेका हङकङका स्थायी बासिन्दा र नयाँ आएहरूका लागि पाँच हजार हङकङ डलर बराबरको इलेक्ट्रोनिक उपभोग भाउचर दुई किस्तामा वितरण गरिने वित्तीय सचिव पल चानले बताएका छन्।

–

बुधबार बिहान सरकारी कार्यकालको पहिलो बजेट प्रस्तुत गर्दै विभिन्न भर्ना योजनाहरूमा हङकङ आउने र हङकङमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूले पनि HK$2,500 बराबरको उपभोग भाउचर प्राप्त गर्नेछन्।

चानले गत वर्षको दर्ता डाटा प्रयोग गरेर यस वर्ष अप्रिलमा HK$ 3,000 मूल्यको उपभोग भाउचरको पहिलो किस्ता वितरण गर्ने बताए। बाँकी भाउचर वर्षको मध्यमा वितरण गरिने बताएका छन्।

चानले यस पहललाई समुदायले राम्रोसँग ग्रहण गरेको र वर्तमान आर्थिक अवस्था, जनताको जीविकोपार्जन र सरकारको आर्थिक अवस्थालाई ध्यानमा राखेर उपभोग भाउचर वितरण गरिने बताएका छन्।





Comments

comments

68175