हङकङकी प्रसिद्ध मोडलको दर्दनाक ह.. त्या , शव ब्यवस्थापन गर्न नपाउँदै तीन जना पक्राउ..

​​एचकेनेपाल डट कम –

हङकङ, २४ फेब्रुअरी। हङकङमा एक मोडल तथा समाजसेवी महिलाको हत्या भएको छ।

२८ वर्षीया प्रसिद्ध मोडल एबी चोईको ताई पोको लुङ मेई गाउँमा हत्या भएको हो। उनको शव टुक्राटुक्रा पारिएको, खुट्टा फ्रिजमा भण्डारण गरिएको, केही अंग पकाइएको र टाउको र शरीरका केही अंग बेपत्ता पारिएको पाइएको छ।

हत्या आरोपमा प्रहरीले चोईका पूर्व पतिका परिवारका तीन जनालाई पक्राउ गरी घटनाको अनुसन्धान गरिरहेको छ।

यस महिना फेसन म्यागजिन एल अफिसेल मोनाकोको कभरमा देखा परेकी चोई हो मान टिनको कादुरी हिलमा बस्दै आएकी थिइन्। उनी मंगलबार (फेब्रुअरी २१) देखि बेपत्ता रहेको स्रोतले बताएको छ।

चोई अन्तिम पटक मङ्गलबार दिउँसो २.१५ बजे ताइ पोको फो चुन रोडमा देखिएकी थिइन्। उनले लामो बाहुला सर्ट, सेतो प्यान्ट, सेतो चप्पल र बैजनी ह्यान्डब्यागसहित सेतो टप लगाएकी थिइन्। उनी १.५५ मिटर अग्ली र उनको तौल करिब ४० किलो थियो।

प्रहरीले आज दिउँसो लुङ मेई गाउँमा रहेको फ्ल्याटमा चोईको टुक्रा टुक्रा पारिएको शव भेटिएको हो।

स्रोतका अनुसार चोईले आफ्ना पूर्व पति र उनका परिवारका सदस्यहरूलाई आर्थिक सहयोग गर्दै आएकी थिइन्, उनका केही आफन्तहरूले उनीबाट पैसा उठाउँदै आएका थिए। उनको हत्याको कारण आर्थिक विवाद भएको हुनसक्ने आशंका गरिएको छ।

एक छिमेकीका अनुसार उनले बुधबार राति करिब १० बजे एक युवती र एक पुरुषबीच चर्को झगडा भएको सुनिन्, तर धेरै हल्लाका कारण उनीहरुको झगडाको कारण बुझ्न सकिनन्।

(स्थानीय मिडियाहरुको सहयोगमा)

यो पनि पढ्नुहोस्
हत्या गरिएकी हङकङकी मोडल एबी चोईका पूर्व पति तुङ चुङबाट पक्राउ, यसरी भएको रहेछ हत्या…





Comments

comments

68236