पल शाह जेलमुक्त…

बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पल शाह आज सोमबार जेलबाट रिहा भएका छन्।

पल शाहको स्वागतको लागि दमौलीमा समर्थकको भिड लागेको छ।

अभिनेता पल शाहलाई उच्च अदालत पोखराले आइतवार सफाइ दिएको थियो। यो फैसलासँगै पल शाह जेलमुक्त भएका हुन्।

उच्च अदालत पोखराले पल शाहविरुद्ध अभियोगमा दाबी नपुगेको फैसला गरेको थियो।





Comments

comments

68284