हङकङमा मास्क आदेश खारेज, अब मास्क लगाउंनु नपर्ने…

एचकेनेपाल डट कम –

हङकङ, १ मार्च। हङकङ सरकारले सबै मास्क आदेशहरू आजदेखि खारेज गर्ने घोषणा गरेको छ।

प्रमुख कार्यकारी जोन लीले आज हिजो बिहान कार्यकारी परिषद् बैठकअघि पत्रकार सम्मेलनमा आज बुधवारदेखि सबै इनडोर र आउटडोर मास्क अर्डरहरू खारेज गरिने घोषणा गरेका हुन्।

मास्क आदेशको पूर्ण खारेजको अर्थ सबै सामाजिक दूरीका उपायहरू आधिकारिक रूपमा समाप्त गरिएको हो। मास्क आदेश खारेज गरिएपछि हङकङ अब पूर्ण रूपमा सामान्य अवस्थामा फर्किने छ।

कोविड १९ को महामारी शुरु भएसंगै करीव ३ वर्षदेखि हङकङमा फेस मास्क अनिवार्य थियो।

मास्क आदेश खारेज भए पनि मार्च १५ तारिखसम्म प्राथमिक विद्यालय, किन्डरगार्टन र विशेष विद्यालयका विद्यार्थीहरूले प्रत्येक दिन विद्यालय जानु अघि ऱ्यापिड एन्टिजेन टेस्ट पूरा गर्नुपर्ने जनाइएको छ।





Comments

comments

68377