Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सञ्चारकर्मी र कलाकारहरूले राहत बाँडे

सुर्य चन्द / एचकेनेपाल डट कम-
काठमाडौँ, चलचित्रका कलाकार, टिभि सिरियलका कलाकार तथा समाजसेवी पत्रकारको संयुक्त टोलीले विभिन्न ठाउँमा पुगेर राहत सामाग्री वितरण गरेका छन्।

हेल्पीङह्याण्डस्, हेल्प नेपाल नेटवर्क, नेपाल राष्ट्रिय मारवाडी परिषद्, विवेकशिल नेपाली, नेपाल भारत मानव मैत्री संघ,सोसियल फ्लाई, लाईफ इन्टरनेशनल र संयुक्त अपागं एकता आवाज केन्द्रबाट उपलब्ध गराइएका राहत सामाग्री कलाकार तथा समाजसेवी पत्रकारको संयुक्त टोलीले धादिङको पिडा गाविसस्थित चेपाङ बस्ती, लप्सेफेदी- ३ स्थित तामाङ बस्ती, सिन्धुपाल्चोकको थुमपाखर गाविस धोप्कास्थित दलितबस्ती, नुवाकोटको चतुरआले गाविसको थुर्पुगाउँ, काठमाडौको जितपुरफेदी, काभ्रेस्थली, बौद्धनाथ क्षेत्रका दुइ सय एकल महिलाहरुसम्म पुगेर राहत सामाग्री खाध्यन्न तथा लत्ताकपडाका साथै स्वास्थ्य तथा सरसफाइका सामाग्री वितरण गरेको हो।

राहत वितरण टोलीमा अभिनेत्री रुपा राना, नायिका कविता शर्मा,पत्रकार, समाजसेवी सुर्य चन्द, गायक सिताराम पोखरेल, विविएन वल्र्ड टिभीका प्रस्तोता रुषा के.सी, हाकाहाकी टिभी सिरियल का निर्माता राम थापा, निर्देशक दमन रुपाखेती कलाकार सुजित थापा, उमेश कुमार केसी, पूर्वमिस नेपाल रुवी राणा शाह, मोडल तथा संचारकर्मी कला सुब्बा, गायिका तयाह्याँग्मा राई, संचारकर्मी बिशाल राई, संचारकर्मी छिरिङ्ग लामा, सोसियल फ्लाईका अधक्ष्य सुरज प्रजापति रहेको संचारकर्मी तथा कलाकार सरोज केसीले जानकारी दिए।

राहत वितरणलाई ब्यक्तिगत रुपमा, पूर्व मिस नेपाल रुवी राणा शाह र प्रजय बिक्रम शाहले ३ हजार किलो चामल र १५ वटा त्रिपाल, मोडल तथा संचारकर्मी कला सुब्बा ले १२०० केजी चामल(धनकुटाको राजारानी गाबिसमा चण्डी पुर्णेमा उठेको रकमबाट १३५ घर धुरीलाई चामल वितरण) अभिनेत्री गोमा केसीले २ सय किलो दाल, छेतेन लामाले, १ सय लिटर तेल, शुसिला शर्मा र चम्पा नेपालले ६५० सय किलो नुन, प्रभा कार्की २५ वटा व्ल्याङकेट सेनेटरीको सामान, सुस्मा राई ६ सय किलो चामल, वरिष्ठ अभिवक्ता भोजराज रेग्मीले १२ सय किलो चामल १५० केजी दाल र उज्वल तारा मन्टेश्वरीका संचालक गायत्री कार्कीले एक सय किलो चिउरा तथा स्वास्थ्य तथा सरसफाईका सामाग्री उपलब्ध गराएका थिए।

हङकङ बस्दै आएका निर्मल श्रेष्ठ, चिना पुन पाइजा र टिमका सम्पूर्ण सदस्यले आ आफ्नो व्यक्तिगत रुपबाट पनि आबश्यक समानहरु उपलब्ध गराएका थिए। त्यसैगरि, गैरआवासिय नेपाली संघ एनआरएन आयरल्याण्डका अध्यक्ष गणेश प्रसाई उपाध्यक्ष नवराज कोइराला, नेपाल उधोग बाणिज्य संघ लगायतका विभिन्न ब्यक्ति तथा संस्थाहरुको सहयोगमा संकलित राहत सामाग्रीहरु, ओखलढु्ङगा जिल्लाको फुलवारी गाविसस्थित जल्केनी गाउँमा पाल, पलाष्टीक र म्याटेस गरि ३४ थान, धादिङको रानीवन वडानम्बर ५ मा १४ थान पाल, तथा सोलु र रामेछापका केही ठाउँमा केही थान पाल र स्वास्थ्य सम्बन्धी अत्यावश्कीय सामाग्री पठाइएको थियो।

यहि टोलिले विभिन्न हास्य कलाकार गायक गायिकाको संयोजन गरि बौद्ध चुच्चेपाटीस्थित बाल मैत्री संघमा कार्यक्रम आयोजना गरि बालबालिकालाई मनोरंजन पनि दिलाएको थियो।





Comments

comments

Leave a Reply

6874