Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एआरएनले दियो शिक्षण अस्पताललाई अर्थोपेडिक ईमप्लान्ट

एचकेनेपाल डट कम –
राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोगार्थ प्रदान गरेको करीव यूएसडी एक लाख वरावरको अर्थोपेडिक ईमप्लान्ट आइतवार संघका अध्यक्ष शेष घलेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मेघलाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्।

अध्यक्ष घलेले भूकम्प पीडितहरुका लागि गैरआवसीय नेपालीहरुले स्वस्फूर्त सहयोग गरेका र विभिन्न देशहरुमा स्वयंसेवकहरु परिचालन गरी राहातको लागि नगद तथा जिन्सी समानहरु संकलन गर्ने प्रसंशनिय कार्य गरेको जानकारी गराउँदै धेरै गैरआवासीय नेपालीहरु नेपालआई स्वयमसेवकका रुपमा घटनास्थल पुगी राहात वितरण गर्नुका साथै स्वास्थ शिविरहरु संचालन गरेको वताए।

घलेले संघले प्रदान गरेका समाग्रीहरु यस अस्पताल मार्फत विपन्न वर्गको उपचारमा उपयोग हुने विश्वस व्यक्त गर्दै संघ तथा गैरआवासीय नेपालीहरुका तर्फबाट यस अस्पताललाई पहिलो सहयोग मात्र नभई थप सहयोगका लागि मार्ग प्रशस्त गरेको समेत औंलाए।

हस्तान्तरण समारोहमा सहयोगको लागि अहम भूमिका निभाउने अष्ट्रेलियाका एनआरएन डा. अशोक श्रेष्ठले उपकरणहरुका लागि आर्थिक सहयोग पुराएकोमा राष्ट्रिय समन्वय परिषद अष्ट्रेलियाप्रति कृतज्ञता प्रकट गर्दै सौलियत दरमा उपकरणहरु प्रदान गर्ने अष्टोफिक्स कम्पनीलाई समेत धन्यवाद व्यक्त गरे।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अर्थोपेडिक विभागका प्रमुख डा. मेघलाल श्रेष्ठले यस अमूल्य सहयोगका लागि गैरआवासीय नेपाली संघ तथा यस सहयोग कार्यक्रमसंग जोडिएका सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई धन्यवाद दिए। शिक्षण अस्पताल विपन्न वर्गको सेवार्थ खटिएकोले यस सहयोगको फाईदा विपन्न वर्ग सम्म पुग्न कुराको दुविधामा नरहन संघ तथा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई जानकारी गराए। भविष्यमा पनि यस अस्पताललाई संघ तथा गैरआवासीय नेपालीहरुको निरन्तर सहयोग हुनेमा आफू आशावादी रहेको उनले बताए।





Comments

comments

Leave a Reply

6872