Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

एउटा सेल्फीले आइएसको अखडा ध्वस्त

एजेन्सी, नयाँ नयाँ सुविधायुक्त र क्यामेर भएका स्मार्ट फोन आएसँगै मानिसमा सेल्फीको क्रेज बढेको छ। तर सेल्फी लिने सौख कसैका लागि काल पनि बन्दो रहेछ। सेल्फीकै कारणमा मानिस जेलसम्म पुगेका छन्।

मध्यपुर्वी देशहरु इराक र सिरियामा आतंक मच्चाइरहेको आइएस लडाकूले एउटा सेल्फीकै कारण आपत झेल्नुमात्रै परेन आफ्नो मुख्य अखडा नै गुमाउनुपर्यो।

आइएस लडाकूका एक सदस्यले हतियार भिरेको सेल्फी सामाजिक सञ्जालमा पोस्ट् गरेपछि उनीहरुलार्इ आपत आइ लागेको हो। एउटै सेल्फी देखेपछि त्यसैका आधारमा अमेरिकी सेनाले आइएस लुकेको जग्गा पत्ता लगाएर शुक्रबार र शनिबार उनीहरुको अखडामा बमबारी गरी ध्वस्त बनाइदिएको छ। सेल्फीका आधारमा आइएस लडाकूको मूख्य अखडा पहिचान गरेपछि अमेरिकी सेना आक्रमणमा उत्रेको समाचार अन्नपूर्णपोष्टमा छ।

सेल्फीका सौखिन आइएसका एक सदस्यले आतंक मच्चाइरहन आधुनिक हतियार बोकेको सेल्फी सामाजिक सञ्जालमा अपलोड गरे । त्यही सेल्फीको सहयोगमा अमेरिकी सेनाले स्थान पत्ता लगार्इ २४ घन्टाभित्रे सो स्थानलार्इ बमले उडाएको हो।

अमेरिकी सेनाका कमाण्डर हक कारलाइलले बताए अनुसार फ्लोरिडामा रहेको अमेरिकी सेनाको प्राविधिक टोलीले सामाजिक सञ्जालमा आइएसबारे सूचना जुटाइरहेको थियो।

उनीहरुलार्इ इराकको एक स्थानमा आइएस लडाकू बसिरहेको तस्बिर प्राप्त भयो। सो स्थानको पहिचान आइएसको कमाण्ड र कन्ट्रोल सेन्टरको रुपमा भएको थियो।

आइएसले सामाजिक सञ्जालका मद्धतमा आइएसले संसारभर आफ्नो आतंकको प्रभाव देखाइरहेका छन्। सेल्फीकै मद्धतले आइएसले संसारभरका युवाहरुलार्इ बहकाएर जेहादको नाममा आतंककारी बनाउँदै आएका छन्।





Comments

comments

Leave a Reply

6866