Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भूकम्प पीडितका लागि निमाले गाए गीत…

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। भूकम्प पीडितको सहयोगार्थ कोलोराडोमा शनिबार निमा रुम्वा सांझ सफलताका साथ सम्पन्न भयो। कोलोराडो नेप्लीजद्धारा प्रस्तुत कार्यक्रममा निमा रुम्वा लाईभ व्याण्ड ३ का साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुती रहेको थियो।

डेनभरस्थित थ्रोन्टन हाई स्कुलमा सम्पन्न कार्यक्रममा ३ सय ५० भन्दा बढी नेपाली तथा नेपालप्रति माया र सद्भाव राख्ने अमेरीकन एन्डियनहरुको पनि उपस्थिती रहेको थियो।

नेपालमा भुकम्प गएपछि विशेष सकृयता देखाई पीडितलाई सहयोगार्थ विभिन्न कार्यक्रम गर्दै आएको नेपाल राईजिङको सकृयतामा सम्पन्न उक्त कार्यक्रममा रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल, नेपालीघर, बिआरटी नेपाल डटकम, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, अन्तर्राष्ट्रिय नेपाली कलाकार मञ्च, ग्लोवल भुटनीज कम्युनीटी अफ कोलोराडो लगायतका संस्थाहरुको सहयोग रहेको थियो।

सँंझ ६ बजेबाट संचालन भएको कार्यक्रममा कार्यक्रमका विशेष व्यक्ति निमा रुम्वाले भूकम्पले तहसनहस बनाएको नेपाल र नेपाली दाजुभाई दिदीबहिनीलाई सक्दो सहयोग पुर्याउन आफू अमेरिका यात्रामा निस्केको बताएका थिए। उनले नेपालको वर्तमान अवस्था ज्यादै नाजुक भएको भन्दै सवैलाई सक्दो सहयोग गर्न आग्रह गरे।

निमाले एक दर्जन भन्दा बढी गीत गाएर दर्शक तथा श्रोताको मन जित्न सफल भएका थिए। जाउ जाउ अघि बढ तिमी हिम्मत नहार, भन्ने सन्देशमूलक गीतबाट प्रस्तुती सुरु गरेका रुम्वाले मिस क्याट वाक, आउ आउ न लगायत धेरै चर्चित गीतहरु गाएका थिए।

त्यसैगरी, कार्यक्रममा भारतका मितेश गौरलगायत स्थानीय कलाकारहरु विजय अधिकारी, आकृति राई अधिकारी, नीलम श्रेष्ठ, भुटानी समुदायका शरण गुरुङ लगायतका कलाकारले सुमधुर स्वरमा गीत गाएर कार्यक्रमलाई संगीतमय तुल्याएका थिए। त्यस्तै स्थानीय बाल कलाकारहरुले बिभिन्न रोचक गीतमा नाच प्रस्तुतगरी कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेका थिए।

प्रति व्यक्ति प्रवेश शुल्क १५ डलर रहेको उक्त कार्यक्रमबाट संकलित सबै रकम भूकम्प पीडितको सहयोगार्थ नेपाल पठाईने आयोजकले जनाएका छन्।





Comments

comments

Leave a Reply

6880