Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

यी रहेछन् सुटकेसभित्र टुक्रा टुक्रा भेटिएका पुरुष

काठमाडौं, नेपाल प्रहरीले काठमाडौंको नरेफाँटस्थित हनुमन्ते र मनहरा खोलाको दोभानस्थित ढलभित्र भेटिएका एक पुरुषको स्केच सार्वजनिक गरेको छ।

गत जेठ १८ गते हनुमन्ते र मनोहराको दोभानमा रहेको फुटबल मैदान नजिकै ढलको मंगालमा सुटकेशभित्र टुक्रा टुक्रा पारिएको अवस्थामा अपरिचित पुरुषको सडिसकेको शव भेटिएको थियो।

करिब ३० देखि ३५ वर्षका देखिने ती व्यक्तिको टाउको, हात र खुट्टाहरु छुट्याई प्लाष्टिकमा पोको पारी बाहिरबाट बोरामा हाली कलेजी रंगको सुटकेशमा प्याक गरेको अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रहरीले शरीरको भाग अर्को सुटकेसमा प्याक गरी फालेको अवस्थामा फेला पारेपछि सनाखतको प्रयास गरेको थियो। सनाखतको प्रयास सफल हुन नसकेपछि प्रहरीले ती पुरुषको सनाखतका लागि स्केच सार्वजनिक गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीका अनुसार चिकित्सकीय परीक्षणका क्रममा अनुहार गोलो, सेतो छाला र दाह्री जुँगा भएको, शरीरको अन्य भाग हात र खुट्टामा समेत रौं बाक्लै रहेको ती पुरुषको सनाखत हुन सकेको छैन।

शवको दाहिने गालामा र बायाँ कानमुनी गर्धनको भागमा कालो तिल कोठी, कानको लोती अर्ध जोडिएको, नाक मध्यम, कालो आँखी भौं रहेको महानगरीय अपराध मशाखाले जानकारी दिएको समाचार अन्नपूर्णपोष्ट दैनिकमा छ।

सुटकेसबाट बरामद गरिएको शवसँगै कोठारी कम्पनीको घ्यु कलरको आधा च्यातिएको स्यान्डोसँगै, जकी स्पोर्टक कटन लेखिएको पुरा बाउला भएको कफी कलरको पातलो टिसर्ट र दाहिने हातको नाडीमा पूजामा बाँध्नेजस्तो धागोको डोरी बाँधिएको पाइएको थियो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीले अनुसन्धान पनि जारी रहेकाले उनको पहिचान गर्न सजिलोका लागि स्केच सार्वजनिक गरिएको जानकारी दिए।





Comments

comments

Leave a Reply

6809