Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अपहरणपछि पुरिएका बालक दुई घन्टापछि आफैं निस्किए

काठमाडौं, जेठ २६ – दक्षिणढोका अर्यालगाउँमा डेरा बस्ने सिन्धुपाल्चोक दुबाचौरका भीमसेन बन्जराका १० वर्षीय छोरा शनिबार डेरा नजिकै चौरमा खेल्दै थिए। उनीसँगै त्यही टोलका अन्य बालबालिका पनि थिए।


पक्राउ परेका अपहरणकारीहरू। हेर्नुहोस् भिडियो

चौरमा खेल्दै गरेका बालकसामुन्नै दुई युवा आएर फुटबल हेर्न जाऊँ भन्दै फकाउन थाले। बालक फुटबल हेर्न जान राजी भएपछि ती युवाले अर्याल गाउँकै एक पसलबाट दुईवटा चाउचाउ किनेर नजिकैको कृष्णमन्दिरको डाँडामा पुर्याए। त्यहाँ चाउचाउ खान दिएर उनलाई जंगलतर्फ लगे।

जंगलपुगेपछि उनीहरुले बालकसँग् बाबुआमाको फोन नम्बर मागे। बाबु आमाको फोन नम्बर थाहा नभएपछि ती बालकले दिदीको नम्बर दिए। आफूलाई चाउचाउ दिएर त्यति माया गर्ने दाइहरुबाट यातना पाउँछु भनेर उनले पटक्कै शंका गरेनन्। उनीहरुले जे जे सोधे सबै जवाफ दिए। उनले आफू अपहरणमा परेको बुझ्न सकेनन्।

फिरौती नपाउने भएपछि उनीहरुले बालकलाई चरम यातना दिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ। यातनाले अचेत बनेका बालक मरेको आशंकामा टाउको बाहिर निकालेर बालुवा र माटोले घाँटीसम्म पुरी पत्कर र स्याउलाले छोपेर त्यहाँबाट भागे।

खाल्डोमा पुरेको दुई घन्टापछि बालक होसमा आए। माटो, बालुवा र पत्कर बिस्तारै पन्छाएर उनी खाल्डो बाहिर निस्किए।





Comments

comments

Leave a Reply

6890