हुवे हेलिकप्टर दुर्घटनामा थप २ परेको शंका

दुर्घटनाग्रस्त अमेरिकी यूएच एनवाई हुवे हेलिकप्टरमा थप २ जना व्यक्तिको समेत मृत्यु भएको हुन सक्ने विशेषज्ञले दाबी गरेका छन्। सिंगटीबाट चढेका ५ घाइतेको डीएनए परीक्षणका क्रममा अन्य शवको अंशसमेत भेटिएको समाचार कान्तिपुर दैनिकमा छ।


घाइतेलाई हेलिकप्टरमा चढाइदै हेर्नुहोस् भिडियो

हुवे हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएलगत्तै ६ अमेरिकी र २ नेपाली सैनिक परेको सार्वजनिक भएको थियो। पछिल्लो २ जना चढेको पुष्टि भए हेलिकप्टरमा कम्तीमा १५ यात्रु थिए । डीएनए परीक्षण प्रतिवेदनले हेलिकप्टर दुर्घटनापछिको लापरबाही र रहस्य थप्दै गएको छ।

दुर्घटनामा परी निधन भएका ५ दोलखालीको शव डीएनए परीक्षण गर्दा थप मानव अंश पनि परेको प्रतिवेदन अमेरिकाबाट आएको छ। प्रतिवेदनमा ५ जनाको शरीरका अंश पहिचानसहित पठाइएको छ भने बाँकीलाई भने बडी रिमेन्सको ट्याग लगाइएको छ।





Comments

comments

Leave a Reply

6893