भूकम्प गएको ४५औं दिनमा दीप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण (फोटोसहित)

दधिराज घिमिरे/ एचकेनेपाल डट कम –
रेडिंग, बेलायत। नेपालमा महाभूकम्प गएको ४५औं दिनमा रेडिंगकी मेयर स्यारा ह्रयाकर र ग्रेटर रेडिंग नेपाली समाज, रेडिंगका अध्यक्ष मान बहादुर गरुङले संयूक्तरुपमा दीप प्रज्वलन गरी सम्पूर्ण रेडिंगबासी नेपाली तथा अन्य समुदायले श्रद्धाञ्जलि कार्यक्रममा भाग लिएका थिए।

श्रद्धाञ्जलि कार्यक्रममा भूकम्पमा परि दिवगंत भएकाप्रति एक मिनेट मौनधाराणा गरिएको थियो। भूकम्पले ध्वस्त पारेको धरहरालाई सम्झाना स्वरूप दुरुस्त वनाईएको सो कार्यक्रमलाई रेडिंगकी मेयर स्यारा ह्रयाकरले रेडिंग बोरो काउन्सिल बिगतमा पनि बिभिन्न माध्यमबाट यो समाजलाई सहयोग गर्दै आएको र आउने दिनहरुमा पनि नेपालको पुननिर्माणमा सहयोग गर्ने बताउनु भयो।

कार्यक्रममा समाजका अध्यक्ष मान बाहादुर गुरुङले भूकम्पमा परि दिवगंत हुनेप्रति हार्दिक श्रद्धाञ्जलि र शोकाकुल परिवारप्रति धर्य धारणा गर्ने शक्ति मिलोस भन्ने कामना गर्नु भएको थियो। साथै भुकम्पमा परि घाईतेको सिघ्र स्वास्थलाभ र भौतिक संरचना ध्वस्त भएका सम्पूर्ण नेपालीहरुमा साहानुभूति प्रकट गर्दै अवका दिनमा शोकलाई शक्तिमा बदल्नका लागि साहास प्रदान होस् भन्ने कामना गर्नुभयो। ग्रेटर रेडिंग नेपाली समाज नेपालको पुननिर्माणमा नेपाली जनताको साथमा रहि काम गर्ने बताउनु भयो।

समाजका कोषाध्यक्ष तथा राहात संकलन कार्यक्रमका आर्थिक संयोजक दिपक गुरुगंले बिभिन्न समयमा नेपालको भूकम्पबाट ध्वस्त संरचनाको पुर्ननिमाृणको लागि उठेको रकमको बिवरण पेश गर्दे अहिलेसम्म करीव २२ हजार पाउण्ड नेपाली समाजको खातामा रहेको बताउनु भयो। साथै तत्काल रिलिफको लागि समाजको उपाध्यक्ष तथा जिन्सि राहात संकलनकी संयोजक उषा गुरुङको पहलमा दुई हजार किलो लत्ताकपडा नेपाल पठाईएको जानकारी दिईएको थियो।

सहयोग उठाउने कार्यक्रम जारी रहेकोले सहयोगको लागि आव्हान समेत गर्नु भएको थियो। कार्यक्रममा हिन्दु तथा बौद्ध धर्म गुरुहरुले मृत आत्माको स्वर्गबासको लागि मन्त्र बाचन गर्नुभएको थियो । साथै सम्पूर्ण रेडिंगबासीले दिप प्रज्वलन गरी नेपालको माहाभुकम्पमा परि दिवगंत आत्माको चिर शान्तिको कामना गरेका थिए।

सानो नेपाल जस्तो लाग्ने गरी सजाईएको कार्यक्रम स्थलमा नेपालको संरचनालाई भिज्यूयलमा देखाईएको थियो। कार्यक्रमलाई ब्यवस्थितरुपले संचालन समाजका माहासचिव नवराज न्यौपानेले गर्नु भएको थियो। संचालनकै क्रममा उहाले कार्यक्रमका अतिथि मेयरलाई स्वागत गर्नुकासाथै उपस्थित संपूर्णलाई धन्यवाद दिनुभएको थियो।

नेपालको पुननिर्माणको सहयोगको लागि यहि १४ जुनमा रेडिंगको पालमार पार्कमा हुन गई रहेको ईष्ट रेडिंग फेस्टिवलमा फेस्टिवलको आयोजक तथा रेडिंग बोरो काउन्सिलले नेपालमा भूकम्पमा परि दिवगंत हुनेप्रति एक मिनेट मौनधाराणा गर्ने कार्यक्रम राखी बेलायतीहरु नेपालीहरुलाई कति सम्मान गर्छ भन्ने अनुमान गर्न सकिन्छ। सो कायैक्रमलाई नेपालको संझाना र सहयोगको लागि ग्रेटर रेडिंग नेपाली समाज, रेडिंगको पहलमा सम्भव भएको हो। कार्यक्रममा नेपालको अहिलेको आवश्यकताको बिषयमा धाराणा राख्न समेत समय दिएको कुरा समाजका उपाध्यक्ष किष्ण न्यौपानेले बताउनु भयो।





Comments

comments

Leave a Reply

6898