Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

राहत लिएर आए ज्याकी चाङ …

फोटो: सृष्टि काफ्‍लेको ट्विटरबाट

काठमाडौं, मार्सल आर्ट्सका ज्ञाता तथा हलिउडका चर्चित अभिनेता ज्याकी चाङ मंगलबार काठमाडौं आएका छन्।

भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ।स्रोतका अनुसार एयरपोर्टबाट उनी होटल सोल्टी पुगेका छन्।

ज्याकी चाङ रेडक्रस सोसाइटी चाइनाले नेपालका भूकम्प प्रभावितलाई उपलब्ध गराएका राहत सामग्री लिएर काठमाडौं आएका हुन्। उनीले पाँच हजारवटा हाइजेनिक किट ल्याएका छन्। त्यसमा कपडा र सरसफाइका समान छन्।

जाउलाखेल, सानागाउँ, च्यासललगायतका स्थानमा पुगेर उनले आफै राहत सामगी्र वितरण गर्ने कार्यक्रम छ। डिनर लिएर आजै राति फर्किने कार्यक्रम रहेको समाचार अन्नपूर्णपोष्टमा छ।





Comments

comments

Leave a Reply

6903