Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

धौलीको प्रर्दशन आउँदो शनिवार हुने

विष्णुप्रसाद गौतम / एचकेनेपाल डट कम –
पोखरा, २८ जेष्ठ। पोखरावाट निर्माण भएको नेपाली कथानक चलचित्र धौलीको आउँदो शनिवार पोखराको विन्ध्यवासीनी चलचित्र मन्दिरमा च्यारिटी प्रर्दशन हुने भएको छ।

विगत १५ वर्षभन्दा अगाडिदेखि चलचित्र तथा नाट्य क्षेत्रमा कृयाशिल व्यक्तिहरुको संयुक्त प्रयासमा निर्माण भएको चलचित्र धौली आउँदो शनिवार विहान आठ वजे, मध्यान्न १२ र दिउँसो तीन वजेसमेत प्रर्दशन हुदै छ।

च्यारिटीका वारेमा जानकारी दिदै चलचित्रका निर्देशक घनश्याम लामिछानेले पोखरावाट गर्व गर्न लायक पहिलो चलचित्र हुने अपेक्षा समेत राखे। उनले भने–“यो चलचित्र पोखरेली सवैले गर्व गर्न लायक र सवै पोखरेलीको कोशेली पनि हुने मेरो अपेक्षा छ।”

चलचित्रका प्रस्तुतकर्ता शम्भु थापाले धौली सवै नेपालीले भोगेको कथा भएको धारणा राखे। उनले भने–“ तपाई हाम्रै समाजको कथा हो । धौली तपाई हाम्रै समाजको चरित्र हो।” चलचित्रका कार्यकारी निर्माता किरण कुमार आत्रेयले कथाको वारेमा थप प्रष्ट पार्दे भने–“ गाउँको हुने खानेको घरमा कमजोर आर्थिक स्थितीका व्यक्तिहरु विदेशमा श्रम गर्न जादा हुने आरोह अवरोहलाई धौलीमा जस्ताको तस्तै देखाउने प्रयाश गरिएको छ।”

धौली चलचित्र स्पाईनी व्याव्लर क्रियसनको व्यानरमा निर्माण भएको चलचित्र गएको असार र श्रावणमा छायंकन भएको थियो। कास्कीको सार्दीखोला गाविसको चौर, पोखरा, दमौली र काठमाणडौमा छायाँकन भएको चलचित्र करीव ५० लाख रुपैयामा निर्माण भएको कार्यकारी निर्माता आत्रेयले जानकारी दिए।

चलचित्रमा गजित विष्ट, अनु शाह, प्रकाश घिमिरे, गीता अधिकारी, विद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार, तेज गिरी, शम्भु थापा, निशा नेपाल, राजकुमार गुरुङ र अशोक गुरुङ आदिको अभिनय रहेको छ। चलचित्रको निर्मातामा सन्तोष आत्रेय र नरवहादुर गोदार, छायंकन दिव्यराज सुवेदी, द्धन्द रोशन श्रेष्ठ, संगीत वसन्त सापकोटा र केवल घर्ती, नृत्य निर्देशक कविराज गहतराज, प्रोडक्सन डिजाईन शंकर पाण्डे, कथा सन्तोष आत्रेय, पटकथा संवाद शम्भु थापा र सन्तोष आत्रेय, सम्पादन दिर्घ खड्का, पाश्र्व संगीत जेशन कुवँर, साउण्ड मिक्सीङ्ग उत्तम न्यौपाने र प्रचारप्रसार क्रियटिभ कुचीलगायतका रहेका छन। चलचित्रको ओ एस टी ईन्टरटेण्टमेन्ट व्याण्डले निर्माण गरेको छ।





Comments

comments

Leave a Reply

6942