अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार खरेललाई

काठमाडौँ । अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति अम्बर गुरुङको स्मृति एवं सम्मानमा यो पुरस्कार स्थापना भएको हो।

पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक खरेललाई प्रदान गर्न लागिएको हो । नेपाली गीत सङ्गीतका धरोहर, नेपाली राष्ट्रगानका सङ्गीतकार, अम्बर गुरुङ राष्ट्रिय सङ्गीत कोषको स्थापना गरिएको छ । यही कोषबाट नेपाली साङ्गीतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति वा संस्थालाई पुरस्कार समर्पण गर्ने प्रावधानअनुसार परिवारले योजना बनाएको संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले बताए।

संस्थाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपाली सङ्गीतको विकासमा उत्प्रेरणात्मक योगदान पुगोस् भन्ने अभिप्रायले स्थापित अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार संस्थाद्वारा पहिलोपटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशकभन्दा बढी समयदेखि अनवरतरुपले साधनारत ज्येष्ठ गीतकार खरेललाई समर्पण गरिने जानकारी गराउँदछौँ।”

रासस





Comments

comments

70462