Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

३८ वर्षीय शिक्षकले १७ वर्षीय छात्रा भगाउँदा गाउँमा तनाव

कोहलपुर–३८ वर्षीय शिक्षकले विद्यालयकै १७ बर्षीय छात्रालाई भगाएर दोस्रो विवाह गरेपछि जिल्लाको वकटुवा–६ स्थित श्रीनेरा माविमा एकसातादेखि तनाव उत्पन्न भएको छ।


निमावि र र मावि तहमा लेखा र अर्थशास्त्र विषय पढाउने गुलाम रसुन इद्रसीले कक्षा दशमा पढ्ने पुजासिंह ठकुरीलाई जेठ २८ गते भगाएपछि विद्यालयमा नियमित पठनपाठन हुन सकेको छैन।

तीन छोराछोरीका बाबु शिक्षकले अविवाहित छात्रा भगाएपछि अविभावक आन्दोलनमा उत्रिएका छन्। निमावि र मावि तहमा पढ्ने छात्राहरुलाई अविभावकले विद्यालयमा पढ्न पठाउन बन्द गरेका छन्। शिक्षक इद्रसीले विद्यालयमै पढ्ने छात्रालाई विवाह गरेको, बालविवाह गरेको, बहुविवाह गरेको र विद्यालयमा आचरण ठिक नभएको भन्दै विद्यालयबाट निष्काशन, बहुविवाह, बालविवाहको मुद्दा चलाउनुपर्ने माग राख्दै आएका छन्। दैनिकजस्तो अविभावकले विद्यालयको पठनपाठन अवरोध गर्दै आएका छन् भने विद्यालय अध्यक्ष र प्रअलाई छात्रा भगाउने शिक्षकलाई विद्यालयमा उपस्थित गराई कारवाहीको माग राखेका छन्, नागरिक दैनिकमा समाचार छ।





Comments

comments

Leave a Reply

7049