Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सिरानीमा राखेको पेस्तोलसहित आशादेवी पक्राउ

सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहाले हतियारसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हनुमाननगर प्रम–७ घर भइ सिरहा नपा–३ मा डेरा गरी वस्ने ३४ वर्षीया आशादेवी मण्डल रहेको प्रहरीले जनाएको छ।


फाइल फोटो

विशेष सुराकीको आधारमा ओछ्यानको सिरानीमा लुकाइराखेको अवस्थामा कटुवा पेस्तोलसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी माधव बुढाथोकीले बताए।

उनका अनुसार महिलालाई जिल्ला प्रहरी कार्यालयमा राखी हातहतियार तथा खरखाजाना मुद्दा चलाइएको खबर अन्नपूर्णपोष्ट दैनिकमा छ। उनका पति रोजगारीको लागि विदेशमा छन्।





Comments

comments

Leave a Reply

7051