लामो समयपछि पल शाहको नयाँ भिडियो सार्वजनिक…

काठमाडौं । लामो समयपछि अभिनेता पल शाहले अभिनय गरेको भिडियो तिमीसंगै हुँदा सार्वजनिक भएको छ। लोकप्रिय गीतकार निशा शर्मा अर्यालको रचनामा तयार पारिएको गीत तिमीसँगै हुँदा ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।

तिमीसँगै हुँदालाई निर्देशक तथा कोरियोग्राफर दिनेश पाख्रिनले निर्देशन गरेका हुन। अभिनेता पल शाह कानुनी प्रकृया लम्बिदा लामो समय कुनै पनि भिडियो र फिल्ममा देखिएनन्। उनी कानुनी प्रक्रिया सकेर बाहिर आएलगतै दिनेश पाख्रिन निर्देशित भिडियोमा काम गरेका हुन्।

पहिले नै सम्झौता भए अनुसार पलले तिमीसँगै हुँदामा काम गरेका हुन। जनक कार्की नृत्य निर्देशक रहेको गीतमा पलसँगै कला राई फिचर्ड छन्। रोमान्टिक लभस्टोरी गीतमा सन्तोष श्रेष्ठको संगीत र प्रकाश मिश्रको मिक्सिङ रहेको छ।

निशा शर्मा अर्यालको शब्दलाई राजु कार्कीले एरेन्ज गरेका हुन्। गीतमा प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको छ। यस्तै तिमीसँगै हुँदालाई राम केसीले खिचेका हुन् भने सम्पादन, कलर र भिएफएक्स टेकेन्द्र शाहको रहेको छ।

चलचित्र निर्माता तथा निर्देशक समेत रहेका दिनेश पाख्रिनले तिमीसँगै हुँदाको भिडियोलाई धेरै लगानीमा निर्माण गरेको बताएका छन् । गीत सर्लाहीको बागमती आसपास छांयाकन गरिएको छ। गीतले आन्तरिक पर्यटन प्रवर्द्वनमा सहयोग पुग्ने निर्माण पक्षले जनाएको छ।

पल शाहले लामो समयपछि भिडियोमा अभिनय गरे बापत ३ लाख पारश्रमिक लिने बताएका छन्। निर्देशक पाख्रिनले भने पहिले नै सम्झौता हुँदा झण्डै ३ लाख नजिक पारश्रमिक दिएको बताएका छन्। पलले यसपछी होम प्रोडक्शनको भिडियोमा काम गर्दैछन्।





Comments

comments

70532