Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सामाजिक अभियान्ता नारायण श्रेष्ठको कोलोराडोमा अन्तिम संस्कार सम्पन्न – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सामाजिक अभियान्ता नारायण श्रेष्ठको कोलोराडोमा अन्तिम संस्कार सम्पन्न


नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका, कोलोराडोका सामाजिक अभियान्ता तथा नेपाली घरका संस्थापक अध्यक्ष नारायण श्रेष्ठको बिहिवार अन्तिम संस्कार सम्पन्न भयो।

उपचारको क्रममा गत मार्च २० तारिखका दिन लङमन्ट युनाइटेड अस्पतालमा निधन भएका श्रेष्ठको हिन्दू परम्परा अनुसार छोरा सिद्धार्थले दागबत्ती दिएर अन्तिम संस्कार सम्पन्न गरिएको हो।

अन्तिम संस्कार सम्पन्न हुनुअघि कोलोराडोस्थित थ्रोन्टनमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म संचालन गरिएको श्रद्धाञ्जली सभामा स्वर्गिय श्रेष्ठको धर्मपत्नी, छोरा बुहारी, ज्वाई छोरीलगायत यहांस्थित संघ संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, साथीभाई, शुभचिन्तकहरुले हल खचाखच भएको थियो । सबैसंग मिलनसार मृदुभाषी समाजसेवी श्रेष्ठलाई श्रद्धाञ्जली दिन स्थानीयहरुमात्र होईन क्यानडा, टेक्सास, स्याटल, नेब्रास्कादेखि फुलगुच्छा लिएर गहभरी आसु बनाउदै साथीभाई, ईष्टमित्रहरु कार्यक्रम स्थल आई पुगेका थिए।

यसरी सभ्य र शान्त तरिकाबाट सम्पन्न श्रद्धाञ्जली सभामा शोक मन्तब्य दिनेहरुमा स्वर्गिय श्रेष्ठका ज्वाई ज्याक, नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकाल, रकी माउन्टेण्ड फ्रेन्डस अफ नेपालका पूर्व अध्यक्ष शरद आचार्य, नेपाली घरका पूर्व अध्यक्ष योगराज गौतम, प्रवासी नेपाली मन्च कोलोराडो च्याप्टरका अध्यक्ष संजयसिङ केसी, क्यानडाका जीवन क्षेत्री, स्याटलका मोहन श्रेष्ठ, समाजसेवी प्रमोद श्रेष्ठ, उत्तरा श्रेष्ठ, दिनेश श्रेष्ठलगायतका ब्यक्तिहरु रहेका थिए । शोक मन्तब्यपछि कार्यक्रममा उपस्थित सबैले स्वर्गिय श्रेष्ठलाई फूलका गुच्छा चढाई अन्तिम श्रद्धाञ्जली दिएका थिए।

बि.सं २०१५ सालमा संखुवासभा जिल्लाको खांदबारीमा जन्मिएका नारायण श्रेष्ठ सन् १९९६ देखि अमेरिकाको कोलोराडोमा बस्दै आएका थिए। प्रवासमा नेपाल र नेपालीको पहिचाहन गराउन तथा भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्दै पुस्तान्तरण गर्न नेपाली सामुदायिक भवनको आवश्यकता महशुस गरी त्यसको निर्माण गर्न आजभन्दा १३ बर्ष अगाडि नेपाली घर भन्ने संस्था दर्ता गरी श्रेष्ठ त्यसको संस्थापक अध्यक्ष भएका थिए । उनै नेपाली समुदायको हक हित अभियानका मार्ग दर्शक श्रेष्ठको अन्तिम संस्कार सम्पन्न गरिएको हो।

उनको निधनको खवर सुन्ने बित्तीकै कोलोराडोमा सक्रिय सबै सामाजिक संघ संस्था, समाजसेवी बुद्धिजीवी शुभचिन्तक सबैले बिभिन्न सामाजिक सञ्जाल मार्फतशोक ब्यक्त गरेका थिए भने धेरैले उनको निवास पुगेर परिवारलाई भेटी शोक ब्यक्त गरेका थिए। स्वर्गिय श्रेष्ठ एक छोरा २ छोरी र श्रीमतीसहित कोलोराडोस्थित लङमन्टमा बस्दै आएका थिए।

यसैगरी कोलोराडो नेपालीभाषी समाजमा सक्रिय नेपाली घरले आफ्नो संस्थापक अध्यक्ष, बर्तमान कार्य समितिका सल्लाहकार तथा नेपाली सांस्कृत भवन खरिद प्रकृयाको लोन ग्यारेन्टर नारायण श्रेष्ठको सम्मानमा आगामी अप्रिल ९ तारिख आईतबार दिउसो २ बजे नेपाली सांस्कृतिक केन्द्रको भवनमा शोक सभा कार्यक्रम राखिएको नेपाली घरका अध्यक्ष जगदिशचन्द्र ढकालले बताएका छन् । उक्त शोक सभामा सबैलाई उपस्थित भईदिनु हुन समेत उनले अनुरोध गरेका छन्।





Comments

comments

70536