नेपाली सिनेमा ‘जारी’ को ग्रान्ड प्रिमियर बेलायतमा हुँदै…

सुरेन्द्र इङ्नाम –

लण्डन, गोर्खा वरियर्स ईभेन्टस्ले अप्रिल २२ तारिखको दिन प्रिन्सेस हल, अल्डर्शटमा नेपाली चलचित्र “जारी” को ग्रान्ड प्रिमियर गर्ने भएको छ।

ग्रान्ड प्रिमियरमा “जारी” टिम उपस्थित हुने जानकारी गोर्खा वरियर्स ईभेन्टस् का सन्ञ्चालकद्वय अल्बिन र पिटरले जानकारी दिए। गोर्खा ईभेन्टस्को पनि यस फिल्ममा केही हिस्सा लगानी भएकोले ईभेन्टस् सन्ञ्चालक अल्बिन नेपाल पुगेर फिल्मको गहिरो अनुसन्धान गरी सिनेमाको गीत सुटिङ्को अवलोकनसमेत गरेर बेलायत फर्केपछि वरियर्स ईभेन्टस्का टिमहरुसँग सल्लाह गरेर ग्रान्ड प्रिमियर गर्ने योजना तय गरेको हो।

“जारी” चलचित्रको कथाकार तथा निर्देशक “झाक्री बुडा “ उपेन्द्र सुब्बाको कथा एकदम राम्रो हुन्छ भन्ने यो भन्दा पहिले बनेका चलचित्रहरुबाटै प्रमाणित भै सकेको छ। अझ यो “जारी “ पूर्वको किरात लिम्बुहरुको संस्कार संस्कृतिहरूलाई उजागर गरेर बनाएको यस सिनेमाको टिजर र ट्रेलरहरुले प्रष्ट झल्काउछ, समग्रमा कथावस्तु र छायाङ्कन अरु सिनेमाहरु भन्दा फरक भएको निर्देशक उपेन्द्र सुब्बाले टेलिफोनमा बताए।

ग्राड प्रिमियरमा “जारी” टिमका सुपर स्टार दयाहाङ राई हिरोईन मिरुना मगर, बिजय बराल र उपेन्द्र सुब्बा उपस्थित हुने पक्का भएको जानकारी गोर्खा वरियर्स ईभेन्टसका अर्का सदस्य पिटरले जानकारी गराउदै यस चलचित्रको टिजर र ट्रेलर टिकटक र युट्यूबमा राखिएकोलाई लाखौंले हेरिसकेकोले गर्दा सुपरहिट हुने आत्मबिश्वास समेत राखे।





Comments

comments

70600