Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखराको नयाँ विमानस्थलका जग्गाधनीलाई २३ करोड मुआब्जा

विमानस्थलको पहिलो र दोस्रो चरणमा गरी हालसम्म ६३ जग्गाधनीलाई करिब २३ करोड मुआब्जा वितरण गरिएको छ।

पहिलो चरणमा ८० रोपनी जग्गाको मुआब्जा वितरणका लागि सूचना प्रकाशित गरिएकामा ४१ जना जग्गाधनीले १५ करोड र दोस्रो चरणमा आजसम्म २२ जनाले करिब ८ करोड मुआब्जा बुझिसकेका छन् । दोस्रो चरणमा १०० जना जग्गाधनीले मुआब्जा पाउनका लागि निवेदन दिएका छन्।

विमानस्थलका लागि दोस्रो चरणमा अधिग्रहण गरिन लागिएको सो जग्गा ३१८ जनाको भएको र यो चरणमा ३३५. ७९ रोपनी जग्गा अधिग्रहण गरिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाका अधिकृत चन्द्रमणि सापकोटाले जानकारी दिए। दोस्रो चरणको जग्गा अधिग्रहण गर्न गत जेठ ८ गते सूचना प्रकाशित गरिएको ३३५. ७९ रोपनीभित्र २४ वटा घरटहरासमेत परेका छन्।

यस चरणको मुआब्जा वितरण सकेपछि बाँकी रहेको २१५ रोपनी जग्गाको मुआब्जाका लागि पनि प्रक्रिया पु¥याएर सूचना प्रकाशित गरिनेछ । दोस्रो चरणसम्ममा करिब दुई अर्ब मुआब्जा वितरण गरिने लक्ष्य रहेको परियोजनाका लेखा अधिकृत नरेन्द्र सैजुले जानकारी दिए।

परियोजनाले बाटो भएको जग्गाको प्रतिरोपनी रु ६४ लाख र बाटो नभएको जग्गाको प्रतिरोपनी ४८ लाख दिने भएको छ । घर तथा टहराका लागि सहरी विकास तथा भवन डिभिजन कार्यालयले तोकेको मापदन्डअनुसार मुआब्जा वितरण गरिने कार्यक्रम छ।

विसं २०३२ मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरिएकामा नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको छ । विमानस्थलका लागि चीनको एक्जिम बैंकसँग करिब २१ अर्ब ऋण स्वीकृतको प्रक्रिया अन्तिम चरणमा रहेको परियोजनाले जनाएको छ। (रासस)

यो पनिः
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम तत्काल थालिने





Comments

comments

Leave a Reply

7071