हङकङबाट पठाएको ३ हजार किलो राहत बाँडियो

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, गत वैशाख १२ मा गएको आमविनाशकारी महाभूकम्प पीडितहरुको लागि हङकङबाट विभिन्न संघसस्थाहरुले नेपाल पुर्याइएको राहत सामग्री बितरण गरिएको छ। हङकङको स्थानीय नेपालीहरुबाट संकलन गरि पठाएको राहत भूकम्प प्रभावित विकट ठाउंहरुमा लगेर वितरण गरिएको हो।

नेपाली जनप्रगतिशील मञ्च हङकङले पठाएको ३ हजार किलो भन्दा धेरै राहत सामग्री रामेछापको गुन्सी गाविस र वेथान गाविसमा, लमजुङको ठाँडस्वरा ९ इलमपोखरी, गोर्खाको सारुपानी ८ रनचोक गाँउ, सिन्धुपाल्चोकको सिमपाल, धादिङको तिप्लिङका गाविस जस्ता ठाउँहरुमा वितरण गरिएको थियो।

वितरण गरेको राहत सामग्रीहरुमा टेन्ट, कम्बल, लत्ताकपडा, औषधी लगायतका सामग्रीहरु थिए। कपनक स्थित एक अनाथलयका ४४ वालवालिकालाई समेत लताकपडा प्रदान गरिएको छ।

नेपाली जनप्रगतिशील मञ्च हङकङले मिलन फाउण्डेसन नेपालको सहयोगमा लमजुङको ठाँडस्वरा ९ इलमपोखरीको पूर्ण ध्वस्त बुद्ध प्रावि स्कुलको भवनलाई ५ वण्डल जस्तापाता प्रदान गरेको छ। फाउण्डेसनको सहयोगमा काठमाडौंबाट गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरासम्म पुर्याई राहत वितरण गरेको थियो।

रामेछापको गुन्सी गाविस र वेथान गाविसमा एनकेपा माओवादी विदेश विभागमार्फत राहत वितरण गरेको थियो। सिन्धुपाल्चोकको सिमपाल, धादिङको तिप्लिङका गाविस र कपनको अनाथलयमा लिङदेन युवा समाजले हङकङबाट पठाएको राहात वितरण गरिएको थियो।

हङकङमा रहेको एनेकपा (माओवादी) हङकङ शाखा र त्यसअन्तर्गत नेपाली जनप्रगतिशील मञ्च हङकङ, लिम्बुवान, तमुवान, किराती, मगरात राष्ट्रिय मुक्ति मोर्चा हङकङ र एचके नेपाल हेयर सेलुनलगायत अन्य विभन्न संघसस्था तथा निजि क्षेत्रहरुबाट राहात संकलन गरि भुकम्पको मुख्य प्रभावित ठाउँहरुमा पठाइएको राहत संकलन संयोजक एनेकपा (माओवादी) हङकङ शाखाको अध्यक्ष रविन लिङदेनले जानकारी गराए।

नेपाल सरकारको एकद्वार प्रणालीको कारण त्रिभुवन विमानस्थलबाट राहत सामग्री निकालेर विभिन्न ठाउँहरुमा आफैले लगेर राहात वितरण गर्न गाह्रो परेको हङकङका विभिन्न संघ सस्थाहरुले वताइरहेका थिए। “हामीले त्यति धेरै राहात सामग्री संकलन गरि पठाउन सकेनौं र पठाएको ३ हजार किलो भन्दा धेरै राहत सामग्री एयरपोर्टबाट निकाल्न त्यति गाह्रो परेन, तर भूकम्प प्रभावित विकट स्थानहरुमा लानलाई विभिन्न कठिनाई भएको थियो” लिङदेनले वताए।

राहतमा एनेकपा (माओवादी) हङकङ शाखा र त्यसअन्तर्गत रहेको संघसस्था भन्दा वाहिरबाट उठेको सहयोग रकम स्कुललाई टिन किन्नलाई र वोक्नलाई भाडामा खर्च गरिएको राहात कोष संयोजक एनेकपा (माओवादी) हङकङ शाखा सचिवले युवराज तमुले वताए। संगठनभन्दा वाहिरबाट उठेको रकम हामीले सचेततापूर्वक अन्य मसलन्द खर्च गरेका छैनौ, बरु हामीले आफ्नो गोजिको पैसा खर्च गरेका छौं उनले भने।

हङकङमा संकलित राहात सामग्रीहरुमा दि हङकङ पोलिटेक्निक युनभर्सिटीबाट औषधिसहित ४५ कार्टुन, भारतीय गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाट संकलित १७ बोरा, हङकङ रिप्रेरिजेन्टिभ विथ होल्डन लि एण्ड भिन्सी चू जोइन्ट ग्रुपबाट सात बोरा, प्रितिका गुरुङबाट १२ कार्टूनसहित जोर्डन, चुनवान, युनलोङ, वानचाई, काम्तिन, मङककलगायत ठाउँहरुमा वस्ने नेपालीहरुबाट संकलन भएको थियो। त्यस्तै आइसिए र्चचलगायत विभिन्न चर्चहरुले समेत सहयोग गरेको थियो।

एचके नेपाल हेयर सैलुन हङकङको सहयोगलाई दर्जन भन्दा धेरै महिला समाजसेवीहरुको सक्रियतामा हङकङ डलर ५०० उठाएर ब्लाङकेट, कम्मल, महिला तथा केटाकेटिले लगाउने कपडा किनेका थिए। सारि सुब्बाबाट संकलन गरिएको राहात सामग्रीहरुमा टेन्ट, ब्लाङकेट, महिला तथा केटाकेटिले लगाउने कपडा करिब ७ बोरा थियो। सैलुनले राहत सामग्री संकलनको लागि स्थान उपलब्ध गराएको थियो।

उक्त राहत सामग्री नेपाल पठाउन हङकङस्थित नेपाल महाविणज्यदूतावासको कार्यालय, नेपाल एयरलाइन्स, ड्रागन एयर तथा एमर्जेन्सी रिलिफ अप्रेसन युनिट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विदेश ब्यूरो एनेकपा माओवादीले ठूलो सहयोग गरेको संयोजक लिङदेनले वताए।

गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरासम्म टिन र लत्ताकपडा पुर्याउन ठूलो कष्ट भोग्नु परेको मिलन फाउण्डेसनका संरक्षक मिलन तमुले वताए। उक्त ठाउँमा राहत सामग्री पुर्याउन स्याङजा परिवार दक्षिण कोरियाले ५३ हजार रकम खर्च गरेको स्थानियवासीले ३ घण्टाको पैदल बाटो बोकेर पुर्याएको फाउण्डेसनका वोर्ड सदस्य गौरी गुरुङले जानकारी दिए।

भूकम्प गएको करीव दुई महिनापछि सो ठाउँमा राहत सामग्री वितरण भएको गोर्खाको इलमपोखरी र लमजुङको ठाँडस्वरामा सरकारको तर्फबाट कुनै राहत सामग्री पुग्न नसकेको स्थानीयले बताए।

फोटोः युवराज चौलागाई, गौरी गुरुङ, कृष्ण गुरुङ, अनुप र सागर लिङदेन ।





Comments

comments

Leave a Reply

7067