Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रामचन्द्र काफ्लेको नयाँ म्युजिक भिडियो वजारमा अाउंदै

एचकेनेपाल डट कम-
गीतकार ज्योति पौडेलको गीति संग्रह “प्रभाव”मा समावेश गरिएको ‘मेचिकाली डुले पनि तिमी जस्ती पाइन’ भन्ने वोलको गीतको म्युजिक भिडियोको छायांकान कार्य हालै सम्पन्न भएको छ।

रामचन्द्र काफ्लेको स्वरमा रहेको उक्त गीतको संगीत अालोक शर्माले गरेका छन। पार्वती राई तथा पुष्प खड्काद्वारा अभिनित उक्त म्यूजिक भिडियोको कोरियोग्राफी टेक लामा छिरिङले गरेका छन भने निर्देशन अालोक शर्माको नै रहेको छ।

दोलालघाटलगायत विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियोमा नयाँपन दिन खोजिएको संगीतकार तथा निर्देशक अालोक शर्माले वताएका छन्।

कोरियोग्राफर टेकलामा छिरिङले गीतको भाव अनुसारको नृत्य भएकोले भिडियो थप अाकर्षक तथा मनोरन्जन भरिपूर्ण रहेको र दर्शकहरूको मन सहजै यो भिडियोले तान्नेमा पूर्ण विश्वस्त छन्। शिवराम श्रेष्ठ तथा निरोज श्रेष्ठद्वारा छायांकन भएको उक्त म्यूजिक भिडियोको हाल सम्पादनको काम भइ रहेको छ साथै केही दिनभित्रै विभिन्न मिडिया तथा युट्युबवाट सार्वजनिक गरिने निर्देशक शर्माले वताए। उक्त म्युजिक भिडीयोका उत्पादक वद्री पौडेल हुन् भने गीति संग्रह जिनियस डिजिटलले वजारमा ल्याएको हो।

थप फोटोहरु यहाँ छन्





Comments

comments

Leave a Reply

7092