Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पोखरादेखि दमौलीसम्म काब्ययात्रा – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरादेखि दमौलीसम्म काब्ययात्रा

एचकेनेपाल डट कम संवाददाता-
पोखरा । नेपाली लखेक संघ कास्कीद्वारा महामानव वीपी कोइरालाको जन्म शताब्दीको अवसरमा काब्ययात्रा सम्पन्न गरेको छ।

लेखक संघले शनिबार पोखरादेखि दमौलीसम्मको यात्रागरी काब्ययात्रा सम्पन्न गरेको छ। नेपाली लेखक संघका केन्द्रीय सदस्य डा. कुशुमाकर न्यौपानेको नेतृत्वमा करीव २ दर्जन भन्दाबढि साहित्यकारको सहभागितामा लेखनाथ, तनहुँको दुलेगौंडा हुँदै दमौलीको पश्चिमाञ्चल स्तरिय बृहत् साहित्यिक कार्यक्रममा रचना सहित सहभागी भएका थिए।

नेपाली लेखक संघका गण्डकी अञ्चल संयोजक डा. लक्ष्मीशरण अधिकारी, लेखक संघ कास्कीका अध्यक्ष डा. नरहरि गौतमलगायतको अगुवाईमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।

संघले पोखराबाट सुरु गरेको यात्राका क्रममा लेखनाथ चोकमा भएको कार्यक्रममा नेपाली काँग्रेस लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने, कास्की जिल्ला सदस्य गिरिराज गौतम, काँग्रेस नेता नन्दप्रसाद तिवारी, शिक्षक संघका किशोरदत्त बराल, शंकर ज्ञवाली, चन्द्रगोपाल श्रेष्ठ, वडा सचिव लिला भण्डारी, शिव भण्डारी लगायत वीपीको अनुयायीहरुको सहभागितामा टोलीलाई अविर, खादा र दहिले सम्मान गर्दै दमौली यात्राको शुभकामना दिएका थिए । कवी लेखनाथको शालिक प्राङ्गडमा शंकर ज्ञवाली, भोजराज बास्तोला, हिरादेवी शर्मा, अर्जुन ढकाल, डा. बाबुराम अधिकारी, शरण आँशु, ठाकुरप्रसाद बस्ताकोटी, सञ्जीव पौडेल लागायतले वीपीको सम्झनामा रचना बाचन गरेका थिए । संघको अगुवाईमा शुक्लागण्डकी नगरपालिका–३ दुलेगौडा वीपीचोकमा लेखक तथा साहित्यकारको भेलामा वाराही साहित्य प्रतिष्ठानका अध्यक्ष अम्विकाप्रसाद भट्टराई, साहित्यकार विजय पौडेल, समाजसेवी दिलबहादुर श्रेष्ठ, कृष्ण रेग्मी, तारा तिमिल्सिेना, रोषन भुसाल, कृष्णहरि वाग्लेको सहभागितामा कास्की टोलीलाई स्वागत गरिएको थियो । सो कार्यक्रममा रिता कँडेल, नवराज न्यौपाने, शिवराम मल्ल, झलक पौडेल, गिरीराज शर्मा, यमलाल सुवेदी लगायतले रचना बाचन गरेका थिए । उक्त कार्यक्रममा संवाद नेपालका अध्यक्ष नीलकण्ठ शर्मा, पत्रकार बसन्ती बास्तोला, केदार धमलाको समेत सहभागिता रहेको संयोजक कुशुमाकर न्यौपानेले जानकारी दिएका छन् । दमौलीमा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेसका सभासद रामचन्द्र पोखरेल प्रमुख अतिथि रहेका थिए । लेखक संघका अध्यक्ष उपेन्द्र खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लमजुङ, चितवन लगायत क्षेत्रका साहित्यकारहरुको सहभागिता रहेको थियो।

वीपी कोइराला जन्मेको १ सय वर्ष पुग्दापनि उनको नीतिको महत्व, सान्र्दभिकता, राष्ट्रियताको विषयमा नेताको चासो हराएकोमा चिन्ता ब्यक्त गरेका थिए।





Comments

comments

713