नेपली साहित्य विकास परिषद युकेद्वारा पुस्तक विमोचन तथा पुरस्कार वितरण गरि नेपाली नयाँ वर्ष मनाइयो

कोमल मल्ल –

लण्डन, बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपली साहित्य विकास परिषद युकेद्वारा नेपाली नया वर्ष २०८० साल आउँदै गर्दाको साइतमा पुस्तक विमोचन र पुरस्कार शुसोभन कविता, वाचनगीतसङ्गीत प्रस्तुत गरी विविध साहित्यिक कार्यक्रमका साथ भव्यरूपमा मनाइएको छ।

वेस्ट लन्डन, एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथापुरस्कार पदक शुसोभन गर्नुहुँदै समारोहका प्रमख अतिथि परिषद्का पदेन संरक्षक महामहिम राजदूतको प्रतिनिधित्व गर्नुहुँदै उपनियोग प्रमुख श्रीमती रोशन खनालले नेपाली साहित्यलाई विदेशको भूमिमा फैलाउन दशकौँदेखि अथक परिश्रम गर्नुहुने परिषद्का पदाधिकारी र सर्जकहरूको योगदान गहन रहेको चर्चा गर्नुकासाथै नेपाली भाषा साहित्यको विकासमा नेपाली साहित्य विकास परिषद्को विशिष्ट योगदान र इतिहास रहेकोचर्चा गर्नु भयो। आफ्ना सेवा र प्रतिभाद्वारा नेपाली भाषा साहित्य र कला संस्कृतिलाई संरक्षण गरी समाजलाई समृद्ध गराउने समाजसेवी र सर्जकहरूलाई, यसरी विशिष्ट पदक पुरस्कारहरूद्वारा सम्मान गर्नपाउँदा खुसी लागेको चर्चा गर्नुहुँदै प्रमुख उपनियोग प्रमुख रोशन खनालले परिषद्का अध्यक्ष वरिष्ठ कविकोमल मल्लको नेवारी भाषामा प्रकाशित कवितासङ्ग्रह ‘ सफूतयगु सफू ‘ पुस्तक भित्र समेटिएकाकविताहरूले नेपाली साहित्यिको समृद्धि र सामाजिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर् याउनेविश्वास व्यक्त गर्नु भयो।

समारोहमा सम्वोधन गर्नुहुँदै परिषद्का प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठसमाजसेवी डा.राघवप्रसाद धिताल OBE ले नेपाली साहित्य विकास परिषद् युके ले बेलायती माटोमा नेपालीपहिचान फलाउने फुलाउने सराहनीय काम गरेको छ भन्नु भयो । सिर्जना गर्न प्रेणा जगाउनु र मुल्याङ्कन गरेरपुरस्कार सम्मानले प्रोत्साहित गर्नु परिषदका महत्वपूर्ण कार्य भएको चर्चा गर्नुहुँदै बेलायतमा लामो समय देखिनेपाली भाषा साहित्य , कला संस्कृति, पत्रकारिता र समाजसेवामा समर्पित सर्जक, समाजसेवी सञ्चारकर्मी रकलाकारलाई यसरी पुरस्कार सम्मानबाट सम्मानित गरेर समाजको विकासमा परिषद्ले थप उर्जा जगाएकोचर्चा गर्नु भयो । उहाँले परिषद्को संस्थापना कालदेखि निरन्तर नेपाली भाषा साहित्य कलासंस्कृति जस्तानेपाली पहिचानहरुलाई प्रवासमा जोगाउन रातोदिन धस्सिएर लागिपर्नु हुने परिषद्का संस्थापक सुरेशजङ्गशाह अध्यक्ष कोमल मल्ल लगायतका पदाधिकारीहरूको मेहनत प्रशंसनीय र उदाहरणीय रहेको चर्चा र्नु भयो।

अर्का वक्ता यती नेपाली एसोसिएसन युके कि अध्यक्ष तथा परिषद्कि पूर्व वरिष्ठ कोषाध्यक्षकवयित्री समाजसेवी पिपला पाण्डे देवानले आज पुरस्कारबाट सम्मानित हुनुहुने सर्जक , कलाकार र साहित्यसेवीहरूको योगदान नेपाली भाषा साहित्यको श्रीबृद्धि गर्नमा अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै परिषद्लेकवि कलाकारहरूलाई प्रोत्साहन र कदर गर्ने सराहनीय कार्य परिषद्को स्थापनाकाल संन १९९५ देखि नै गर्दैआएको र आफू पनि परिषद्मा रहेर केही भूमिका निर्वाह गर्न पाएको मा गर्व लाग्ने गरेको बताउनु भयो । अध्यक्षपिप्ला पाण्डे देवानले सम्मानित् सर्जकहरूमा वधाई दिनु हुँदै यती संस्था र आफ्नै तर्फबाट समेत नया वर्ष २०८० सालको सुखद् आगमनको शुभकामना व्यक्त गर्नु भयो।

सभापतिको आसनबाट बोल्नुहुँदै विमोचित पुस्तकका लेखक परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपालका विविध जनजिब्रोले वोलिने राष्ट्र भाषा लगायत अन्य अन्तराष्ट्रीय भाषाहरूमानेपाली साहित्यका कृतिहरू रूपान्तरण गरी प्रकाशित गर्ने परिषद्को दीर्घकालीन लक्ष अनुरूप विमोचितपुस्तक नेपाल भाषामा प्रकाशन गरिएको चर्चा गर्नु हुँदै नेपाली भाषा साहित्य कलासंस्कृति र सञ्चार तथासमाजसेवाको क्षत्रमा आज पुरस्कृत व्यक्तित्वहरूको योगदान सराहनीय र महत्वपूर्ण रहेको चर्चा गर्नु भयो।

यस अघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का सहअध्यक्ष तथा यती नेपाली एसोसिएसन युके का निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले नेपाली भाषा साहित्य र संस्कृतिको समृद्धिमा नेपाली साहित्य विकासपरिषद्को गहन र प्रेरणामूलक योगदान रहेको चर्चा गर्नु हुँदै आजको समारोहमा पुस्तक प्रकाशित गर्नुहुनेसर्जक र पुरस्कारबाट सम्मानित हुनुहुने व्यक्तित्वहरू नेपाललाई छातिभित्र बोकेर नेपाली पहिचान फैलाउनसमाजमा लागिपर्ने विशिष्ट समाजसेवीहरू रहेको चर्चा गर्नु भयो ।

समारोहमा विमोचित कविता सङ्ग्रह र पुरस्कृत व्यक्तित्वहरू माथि परिषद्का संस्थापकतथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार कवि सुरेशजङ्ग शाहले प्रकाश पार्नु भएको थियो भने विमोचित पुस्तक भित्रका नेपाल भाषाका कविताहरूको संक्षेपिकरण उल्था परिषद्का पूर्व अध्यक्ष तथाबिबिसी वेपाली सेवाका पूर्व संचालक वरिष्ठ पत्रकार कवि खगेन्द्र नेपालीले गर्नु भएको थियो।

यसअघि कार्यक्रमको सञ्चालन गर्नुहुँदै परिषद्की सह-अध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठलेसदाझै नेपाली साहित्य विकास परिषद्ले साहित्य, सङ्गीत, पुरस्कार सम्मान, पुस्तक विमोचन र कविता वाचनसमेतको संयोजन गरेर नेपाली नया वर्ष २०८० सालको सुभागमनको शुभकामना साहित्य र सङ्गीतकोमाहोलमा एकआपसमा उल्लासपूर्ण बाँढ्न आजको कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो । नयानयासर्जकहरूको खोजी गर्ने र प्रकाशमा ल्याउने कार्य नेपाली साहित्य विकास परिषद् युके ले गर्दै आएको चर्चागर्नुहुँदै साहित्यकार डा.सुधा श्रेष्ठले विमोचित पुस्तकका लेखक र पुरस्कारबाट सम्मानित सबै सर्जकमापरिषद्को तर्फबाट वधाई ज्ञापन गर्नु भयो।

मंगल धुन र राष्ट्रीय गानबाट शुरू भएको समारोहमा प्रमुख अतिथि उपनियोग प्रमुख श्रीमती रोशनखनालले यती नेपाली एसोसिएसनकि नव निर्वाचित अध्यक्ष पिपला पाण्डे देवानलाई खाता ओढाएर परिद्कोतर्फबाट स्वागत सम्मान शुसोभन गर्नु भएको थियो।

समारोहमा प्रमुख अतिथि नियोग उपप्रमुख श्रीमती रोशन खनालले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लद्वारा लेखित पुस्तक ‘सफूतयगु सफू’कवितासङ्ग्रहको विमोचन गर्नु भएको थियो । उक्तअवसरमा परिषद्का वरिष्ठ कोषाध्क्ष कलाकार तथा कवि मनोज अन्जानद्वारा सारङ्गी बजाएर मंगल धुनप्रस्तुत गरिएको थियो।

यसैगरी प्रमुख अतिथि खनालले विगत तीन दशक भन्दा बढी समयदेखि बेलायतमा नेपाली भाषासाहित्यको समृद्धिमा निरन्तर योगदान पुर् याउँदै आउनु भएका र बेलायतमा एभ्रेष्ट नेपाली रेडियो स्थापना गरीसञ्चालन गर्नुका साथै नेपाली टिभिको प्रसारणगरी नेपाली सञ्चारलाई बेलायती भूमिमा फैलाएर गहनयोगदान पुर् याउने परिषद्का संस्थापनकाल देखिका वरिष्ठ सदस्य, यती नेपाली एसोसिएसन युके कापूर्वमहासचिव , नेपाली केटरर्स एसोसिएसन युके का अध्यक्ष, एभ्रेष्ट नेपाली रेडियो युके तथा नेपाली टिभिप्रसारण युके का पूर्व डाइरेक्टर, सञ्चारकर्मी पत्रकार, वरिष्ठ समाजसेवी, परिषद्का सल्लाहकार विजयथापालाई परिषद्को ‘रजत महोत्सव विशिष्ट साहित्य सम्मान अभिनन्दन पुरस्कार र पकद’ द्वारा शुसोभनगराउनु भएको थियो भने बेलायतमा विगत तीन दशक भन्दा बढी समय देखि नेपाली गीत संगीत क्षेत्रमा निरन्तरयोगदान पुर्याउदै आउनु भएका कोसेली नेपाली सांस्कृतिक परिवार युके का पूर्व वाद्यवादन विभाग प्रमुखवरिष्ठ कलाकार डम्वर सुव्वालाई ‘विशिष्ट नेपाली कला साहित्य सम्मान पुरस्कार पदक’ द्वारा शुसोभन गराउनुभएको थियो।

समारोहमा प्रमुख अतिथि उपनियोग प्रमुख रोशन खनालले नेपालबाट नइ प्रकाशनको रजतमहोत्सवका अवसरमा बेलायतका सर्जक परिषद्कि सहअध्यक्ष कवयित्री डा.सुधा श्रेष्ठलाई पुरस्कार सम्मानप्रदान गरिएको ‘नइ रजत महोत्सव पदक पुरस्कार’ शुसोभन गराउनु भएको थियो।

पुरस्कार शुसोभनका अवसरमा परिषद्का कोषाध्यक्ष वरिष्ठ कलाकार तथा कवि मनोज अनजानद्वारासारङ्गी बजाएर मंगल धुन प्रस्तुत गरिएको थियो।

समारोहको दोस्रो चरणमा गीतसङ्गीत प्रस्तुत र कविता वाचन गरिएका थिए । गीत सङ्गीत प्रस्तुत्गर्नुहुने कलाकारहरूमा कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठ कलाकार मदन थापा, वसन्त रायक्षेत्री, प्रमोदशर्मा र मनोज अन्जान हुनुहुन्थ्यो भने कविता वाचन गर्ने कविहरूमा वसन्त रायक्षेत्री, वासुदेव साप्कोटा, ध्रुवकेसी, रेशम अर्याल, मनोज अन्जान, रूकमणी मानन्धर, डा. सुधा श्रेष्ठ, कोमलप्रसाद श्रेष्ठ मल्ल, खगेन्द्र नेपालीर सुरेशजङग शाह हुनुहुन्थ्यो । अमेरिकाबाट वाचनका लागि कविता पठाउने वरिष्ठ साहित्यकार गंगालिगलको कविता पनि वाचन गरिएको थियो । समारोहमा नेपाली राजदूतावासका सैनिक कुटनीतिज्ञ क. रत्न गोदार र बिबिसी नेपाली सेवाकापूर्व संचालक वरिष्ठ पत्रकार सुमन खरेल लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरूको सपरिवार उपस्थिति रहेको थियो ! कार्यक्रमको अन्त्यमा रमाइलो जलपानको आयोजना गरिएको थियो । समारोह सफल बनाउन आर्थिक तथा भौतिक सहयोग प्रायोजन गर्नुहुने संस्थाका वरिष्ठ व्यक्तित्वहरू डा.राघवप्रसाद धितालOBE, डा.जनककुमारी धिताल, डा. सुधा श्रेष्ट , ध्रुव केसी , मनोज अन्जान र पुस्तक प्रकाशनमा नेपली साहित्य विकास परिषद युके डा.राघवप्रसाद धितालOBE, डा.जनककुमारी धिताल, मिनु छिव्बर,महन्त श्रेष्ट, पिपला पाण्डे देवान,शुरेसजंग शाह,मंगलमान शाक्य, प्रा डा. सबिना श्रेष्ट कोहिनूर मल्ल तथा समारोह हल प्रायोजन गराउनु हुने एबिआई कलेजका प्रोप्राइटर तथा परिषद्का सल्लाहकारयुवासमाजसेवी कृष्ण भट्ट लगायत सहभागी सम्पूर्ण अतिथि, कवि कलाकारहरूमा परिषद्का अध्यक्ष कोमलमल्लले परिषद्को तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएको थियो।





Comments

comments

71369