Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

आएनन् अमेरिका र बेलायतबाट

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय दाता सम्मेलनमा ६० मुलुकलाई उच्चस्तरीय सहभागिता अपेक्षा गर्दै निमन्त्रणा गरिए पनि महाशक्ति राष्ट्र अमेरिका, बेलायतलगायत अन्य ६ मुलुकले आफ्ना स्थानीय कूटनीतिक नियोग प्रमुखलाई सहभागी गराएका छन्।

विनासकारी भूकम्पपछि पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने उद्देश्यले नेपाल सरकारले बिहीबार आयोजना गरेको सम्मेलनमा अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, फिनल्यान्ड, रुस, स्विट्जरल्यान्ड र पाकिस्तानले नेपालस्थित राजदूतलाई नै सम्मेलनामा प्रतिनिधित्व गराएका हुन्।

सम्मेलनमा अमेरिकी राजदूत पिटर बोडेले अमेरिकी विदेशमन्त्री जोन केरीको सन्देश सुनाएका थिए। नेपालले अमेरिकी विदेशमन्त्री केरीलाई सम्मेलनमा सहभागी भइदिन निमन्त्रणा गरेको थियो। अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ।

नेपालले विश्वमा पहिलोपटक कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुक बेलायतका तर्फबाट पनि पुनर्निर्माण सम्मेलनमा नेपालस्थित बेलायती कार्यवाहक राजदूत जोन रन्किन सहभागी भए। नेपालले बेलायती विदेशमन्त्रीलाई सम्मेलनका लागि निमन्त्रणा पठाएको थियो।





Comments

comments

Leave a Reply

7141