Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भारतीयमूलका बबी जिन्दलद्वारा अमेरिकाको राष्ट्रपतिको पदमा उम्मेदवारीको घोषणा (भिडियोसहित)

विजय थापा / एचकेनेपाल डट कम –
वाशिंगटन डिसी। भारतीयमूलका लुजियानाका गभर्नर बबी जिन्दलले आगामी २०१६ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक संजाल संजाल ट्वीटर मार्फत उम्मेदवारी घोषणा गरेका छन्।

४४ बर्षीय जिन्दलले बुधबार आफू अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बनेको भनि एक फरक श्रब्य दृश्य सार्बजनिक गरी उम्मेदवारी घोषणा गरेका हुन्। भिडियोमा हामी यहाँहरुसंग कुरा गर्न चाहन्छौ भनेका छन्। उम्मेदवारी घोषणा न्युओरल्यन्सबाट गरेका उनी दोश्रो पटक लुजियानाका निर्वाचित गभर्नरसमेत हुन्।

जुन १०, १९७१ मा अमेरिकामा जन्मेका बबी जिन्दलको पुरा नाम पियुष बबी जिन्दल हो। अहिलेसम्म रिपब्लिकनको तर्फ बाट १२ जना उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरि सकेका छन्।

उनी अहिले लुजियानाका ५५ औं गभर्नर तथा रिपब्लिकन गभर्नर्स संघका उपसभापतिसमेत हुन्।

उनले ब्राउन विश्व बिद्यालयबाट जीव बिज्ञानबाट स्नातक गरेका छन् भने बेलायत अक्सफोर्ड बाट राजनैतिक शास्त्रमा स्नाकोत्तर गरेका छन्।

अमेरिकाको विभिन्न स्तरमा काम गरि सकेका उनी २००३ को चुनाबमा पराजित भएका थिए। २०११ को निर्वाचनमा अत्यधिक मतले बिजयी भएका थिए।

अमेरिकाको राष्ट्रपतिको पदमा उम्मेदवारीको घोषणा गरेका भारतीयमूलका बबी जिन्दलको आँट हेर्नुहोस् त। भिडियो हेरेपछि तपाईंलाई लाग्ने छ, यो मान्छेमा केही त छ…

Posted by HKNepal.com on Wednesday, 24 June 2015





Comments

comments

Leave a Reply

7155