Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओली खनिए नेपालमाथिः केको ताउर – माउर?

काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र धेरै ‘ताउर–माउर’ नगर्न नेता माधव नेपाल समूहलाई चेतावनी दिएका छन्। पार्टीको नियमविपरीत चल्ने खेलकुदमन्त्रीलाई सोधपुछ गर्दा गुट भेला सञ्चालन गरेको भन्दै आक्रोसित ओलीले नेपालसँग असन्तुष्टि जनाएका हुन्।

‘एमालेमा के भइरहेको छ मैले बुझेको छैन,’ जननेता मदन भण्डारीको ६४ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले गरेको विचार गोष्ठी कार्यक्रममा ओलीले भने,‘कहिले अर्यालय भेला, कहिले सभासद् भेला, कहिले हस्ताक्षर गरेका छन्। यो केको ताउर माउर हो?’

राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्तिमा आफूखुसी निर्णय गरेको भन्दै ओलीले खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई हटाउने तयारी गरेपछि नेपाल पक्ष आक्रोसित बनेको समाचार कान्तिपुर दैनिकले छापेको छ।

ओली पक्षको कदमविरुद्द नेता नेपालले आइतबार राजधानीको अर्याल होटलमा केन्द्रीय सदस्यहरुको भेला गरेका थिए।





Comments

comments

Leave a Reply

7206