Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मिरा राईलाई अर्को अन्तर्राष्ट्रिय सफलता

काठमाडौं, असोज ३। नेपालकी धाविका मिरा राई स्पेनमा शनिवार सम्पन्न विश्व प्रसिद्ध सालोमन प्रिनेउ अल्ट्रा म्याराथनमा द्वितीय भएकी छिन्।

उनले १ सय १० किलोमिटरमो दूरी १३ घण्टा ४३ मिनेट ४९ सेकेण्डमा पार गरे द्वितीय स्थान हात पारेकी हुन्। प्रतियोगितामा स्विट्जरल्याण्डकी एमिली फोर्सबर्ग प्रथम भइन्। उनले मिराभन्दा ४ मिनेट १६ सेकेण्डअघि दौड पूरा गरेकी थिइन्।

यसअघि, मिराले हङकङ, ईटाली र फ्रान्सका चर्चित प्रतियोगिताहरुमा उपाधि जितिसकेकी छन्। यो प्रतियोगिता विश्वकै शीर्ष पाँच अल्ट्रा म्याराथनमध्येका एक मानिन्छ।

माओवादी सशस्त्र द्वन्द्वमा लागेकी मिरा लडाकु प्रमाणिकरणमा अयोग्य घोषित भएकी थिइन्। भोजपुरमा जन्मिएकी मिरा दुई वर्षअघि मात्र साहसी दौडमा लागेकी थिइन्।





Comments

comments

Leave a Reply

7211