Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

मान्छे मारेर पूजापाठ …

सञ्चार उद्यमी साहको हत्या योजनामा जगदीश चन्दको संलग्नता देखिएपछि उनको सर्वत्र खोजी हुन थाल्यो। प्रहरीले उनको कठालो समात्न नपाउँदै उनी भागेर भारत पुगे। प्रहरीले ल्याउन कुनै पहल गरेन। बरु बिश्वभरीका प्रहरीहरुको संगठन इन्टरपोलमा रेडकर्नर नोटिस जारी गर्‍यो।


पक्राउ परेका पूर्वडिएसपी चन्द पहिले र अहिले

नोटिस जारी भईरहदाँ समेत उनी बेला बेला नेपाल आउजाउ गरिरहेका थिए। त्यहि आउ जाउको सूचना पाएको प्रहरीले केही दिनदेखि शान्तिनगर गेटभित्र रहेको संगम चोक छेउ नजिकैको घरमा रेकी गरिरहेको थियो। कान्तिपुर दैनिकमा समाचार छ। शनिबार साँझ चन्द घरभित्रै रहेको सूचना पाएर प्रहरी भित्र पस्यो।

ठूलो कुकुर पालिएको थियो। ठूलो ढोका खोल्न परिवारका सदस्यले केही समय लगाए। प्रहरीले आफूहरु प्रहरी हो भन्दै कुकुर बाँध्न र ढोका खोल्न भन्यो। चन्द भएको स्थानमा पुग्दा उनी पुजा गर्दै थिए। सन्ध्याकालिन पुजा सकेर आरतीको अन्तिम समयमा थिए।

प्रहरीले चन्दलाई हामी किन आएको थाहा पाइहाल्नु भयो, सहयोग गरेर हिड्नुहोस् भनेका थिए। चन्द उनीहरुसँग आएका थिए। उनलाई लिन गएका प्रहरीका अनुसार चन्दले भाग्ने प्रयास गरेनन्।

हत्कडीमा पूर्वडिएसपी चन्द हेर्नुहोस् भिडियो





Comments

comments

Leave a Reply

7213