Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

रेडिङ्ग भूतपूर्व गोर्खा संघ बेलायतको च्यारटी डिनर

दधिराज घिमिरे / एचकेनेपाल डट कम-
बेलायत। बेलायतको रेडिङ्गमा बसोबास गर्ने गोर्खा भूतपूर्व सैनिकहरुको संगठन रेडिङ्ग भूतपूर्व गोर्खा संघले बेलायतमा रहेका सैनिक र तिनको परिवारलाई सहयोग गर्ने उद्देश्यले हरेक बर्ष गर्दै आएको च्यारेटी डिनर कार्यक्रम सम्पन्न गरेको छ।

संघका अध्यक्ष बाल किष्ण राईको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य अतिथि बेलायतस्थित भूतपूर्व सैनिक च्यारेटी संघ बृटिस लेजेनटका प्रमुख एग्डी ग्याजलु रहेका थिए।

प्रमुख अतिथिको आसनबाट बोल्दै उनले सो च्यारेटी संस्थाको स्थापना १९७१ मा आर्मी परिवारलाई सहयोग गर्नेका लागि स्थापना भएको कताए। गत बर्ष यो संस्थाले ८४ मिलियन पाउण्ड बिभिन्न शीर्षकमा खर्च गरेको उनले बताए। साथै बेलायत भरी यो संस्थालाई सहयोग गर्ने १० लाख ३ लाख ४२ हजार सदस्यहरु रहेको जानकारी दिए।

कार्यक्रममा अतिथि तथा उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै रेडिङ्ग भूतपूर्व गोर्खा संघ उपाध्यक्ष महेन्द्र गुरुङले २००६ मा स्थापना भएको यो संस्था रेडिङ्ग भूतपूर्व गोर्खा संघ बिशुद्ध गैरराजनीतिक रहेको बताए। संघका अध्यक्ष बाल किष्ण राईले कार्यक्रममा उपस्थित र सम्पूर्ण दाताहरुलाई धन्यवाद दिदै सहयोग कायक्रम एक हप्तासम्म जारी रहने बताए। कार्यक्रममा नेपालको लोक सँस्कृति झल्कने बिबिध सांस्कृतिक कार्यक्रमका साथै बिभिन्न प्रकारका परिकार खानाका ब्यवस्था गरिएको थियो। कार्यक्रम सञ्चालन संघका माहासचिव धन बाहादुर मगरले गरेका थिए।





Comments

comments

724