Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

कलाकार राजु लामाले भूकम्पपीडितका लागि जर्मनीमा राहत संकलन गर्दै

सुन्दर अवाल / एचकेनेपाल डट कम –
जर्मनी हम्बुर्ग। कलाकार राजु लामाले भूकम्पपीडितका लागि जर्मनीमा राहत संकलन गर्दैछन्। अमेरिका बस्दै आएका मंगोलियन हर्ट उपनामले परिचित राजु लामाले शनिवार जर्मनीको हाम्बर्गबासी नेपालीहरुबीच आफ्नना हिट्स गीत संगीतहरु प्रस्तुत गरे।

बेलुका अलि ढिलो सुरु भएको सांगीतिक कार्यक्रम बिहान ५ बजेसम्म चलेको थियो। कार्यक्रममा कलाकार राजु लामाले करीव दर्जन आफ्ना हिट गीतहरु गाएर दर्शकलाई भरपूर्ण मनोरंजन दिए। हाम्बर्गबासी नेपालीहरु आफ्नो कामको व्यस्तताको बाबजुत पनि धेरै राम्रो उपस्थिति रहेको थियो। कलाकार राजु लामाले बैशाख १२ गते नेपालमा गएको विनाशकारी भूकम्पले पुर्याएको क्षतिलाई मध्येनजर राखी आफ्नो कर्म थलो अमेरिकामा पनि धेरै कार्यक्रम गर्दै पीडितलाई राहत र पुनर्निर्माणको लागि रकम संकल गर्दै आएका छन्।

राजु लामा तस्वीरः प्रतीक गुरुङ
आफू जन्मेको सिन्धुपाल्चोक जिल्ला भूकम्पले ध्वस्त भएपछि उनी निक्कै चिन्तित छन्। भूकम्पको पीडाले जन धनको क्षति र कष्टकर जीवन बिताएका जिल्लाबासीहरुको दुख सम्झिदा अतिनै भावुक हुने गर्छन् उनी। ‘म आफू अमेरिका बसे पनि भूकम्पपीडित नेपालीको कष्टलाई साझा बनाउन अमेरिकादेखि युरोपसम्म सांगीतिक कोशेली लिएर आएका हुं’ लामाले भने।

कलाकार लामाले “राजु लामा फाउन्डेसन”नामक सस्थाबाट नेपालका भूकम्प पीडितलाई राहत बितरण तथा पुनर्निर्माणमा सहयोग गर्ने बताएका छन्। उनको यो अभियानमा हाम्बर्ग जर्मनी थकाली समाजले ३ हजार १ युरो सहयोग प्रदान गरेको छ भने गणेश मान प्रतिष्ठान जर्मनीका अध्यक्ष, एन आर एन ए जर्मनीका बरिष्ठ संरक्षक तथा नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री विजय मोक्तानले ५०१ युरो सहयोग प्रदान गरेका छन्।

लामाको संगीतिक कार्यक्रमपछि स्थानीय कलाकार डिजे सुन्दर गुरुङले बिहानसम्म आफ्नो कला प्रस्तुत गरी सबलाई नचाएका थिए। आयोजकको तर्फबाट ११०० युरो गरी जर्मनीको हम्बुर्गबाट कुल ४६०० युरो संकलन गरेको लामाले बताए।





Comments

comments

Leave a Reply

7253