Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

१० हजार घुस लिंदालिदै प्रकाउ परेपछि

एचकेनेपाल डट कम –
पोखरा, सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले दुईजनालाई पक्राउ गरेको छ।

अख्तियारले गण्डकी अंचल यातायात व्यवस्था कार्यालय पोखराका लेखा अधिकृत गोबिन्द बराल र सहायक लेखापाल नारायणहरि अधिकारीविरुद्व घुस लिएको आरोपमा मंगलबार अनुसन्धान थालेको छ।

एउटा टोयटा कार नविकरण गर्दा २० हजार घुस मागेको खबर पाएपछि अख्तियार यातायात कार्यालय पुगेका थिए।

१० हजार रुपैयाँ घुस लिंदालिदै अख्तियारको प्रहरी टोली देखेपछि रकम लिन्न भन्दै बरालले फालेका थिए। आरोपित बरालले आफूले घुस नमागेको दावी गर्दै जर्वजस्ती आफूलाई फसाउँने षड्यन्त्र गरिएको बताएका छन्।

अख्तियारका प्रहरी नायव उपरिक्षक श्याम राईले आरोपित बिरुद्व छानवीन भईरहेको दोषि प्रमाणित कारबाही गरिने बताएका छन्।

तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम । थप तस्वीरहरु





Comments

comments

Leave a Reply

7255