प्रहरीले निरु (निरा) पाण्डे आचार्यको हत्या प्रकरणमा संलग्न झापाका विनोद विकलाई आइतवार सार्वजनिक गरेको छ।
लुटपाट गर्ने क्रममा प्रतिकार गरेपछि पसलमै भएको चक्कुले पटक-पटक हानेर निरूको हत्या गरेको विकले प्रहरीसक्षम बयान दिएको बताईएको छ।
निरूको गत बैशाख ७ गते कपनस्थित सरस्वती नगरस्थित भाँडा पसलमा हत्या भएको थियो।
हत्यापछि निरुले लगाएको सिक्री र काउन्टरमा रहेको केही पैसा लिएर बिक फरार भएका थिए।
झापामा क्यासिनोमा काम गर्दा जुवाको लतले उनी ३ लाख ऋणमा डुबेका थिए। काठमाडौंमा आएर उनी नाइट क्लबमा बाउन्सरको काम गर्दै थिए। जागिरले ऋण तिर्न नसक्ने ठानेपछि उनी लुटपाटमा लागेका थिए।