Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
पुरातात्त्विक महत्त्वको बुद्धको प्रतिमा नेपाल पठाइयो – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

पुरातात्त्विक महत्त्वको बुद्धको प्रतिमा नेपाल पठाइयो

टेक्सास । अमेरिकामा फिल्म निर्माणमा सक्रिय व्यक्ति माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्त्विक महत्त्वको बुद्धको प्रतिमा नेपाल पठाइएको छ।

क्यालिफोर्निया राज्यको बेर्बेर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन् । साथै अर्को व्यक्तिगत रुपमा ४२ ईन्च अग्लो निरत्य देवीको मूर्ति पनि सङ्कलन गरिएको छ।

फिलिप्सले बुद्धको प्रतिमा नेपाल सरकारका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए । ढुङ्गाबाट बनाइएको बुद्धको प्रतिमा आठौँं शताब्दिको र काठबाट बनाइएको निरत्य देवीको प्रतिमा दशौँं शताब्दीमा निर्माण गरिएको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ।

निरत्य देवीको प्रतिमा इटम वहाल ललितपुर र बुद्धको प्रतिमा मच्छिन्द्र वहाल ललितपुरवाट सन् १९७० को समयमा चोरी भएको थियो । पछिल्लो एक वर्षमा दूतावासले अमेरिकाका विभिन्न ठाउँबाट पुरातात्त्विक सात मूर्ति सङ्कलन गरी नेपाल पठाएको छ।

रासस





Comments

comments

72634