Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

संविधानको प्रारम्भिक मस्यौदा पोखरामा पनि जलाइयो

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, १६ असार। विरोध हुदाँहुदै चार दलीय राजनीतिक दलका तर्फबाट संविधानसभामा प्रस्तुत हुँदा संविधानसभामै च्यातिएको नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा बुधवार देशैभर जलाउने कार्यक्रम अन्तर्गत पोखरामा पनि जलाइएको छ।


तस्वीरः सुदर्शन रञ्जित

संघीय समाजवादी फोरम नेपालसहित मधेशवादी दलहरु तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टीले काठमाडौंलगायतले संविधानको प्रारम्भिक मस्यौदा प्रतिगामी भएको भन्दै उक्त मस्यौदा देशको विभिन्न भागमा जलाएर विरोध जनाउने क्रममा पोखराको महेन्द्रपुल भिमसेन चोकमा संघीय समाजवादी फोरम नेपाल कास्कीद्धारा जलाइएको हो।

संविधानको प्रारम्भिक मस्यौदामा संघीय समाजवादी फोरमको केन्द्रीय सदस्य गणेशमान गुरुङसहितकोले आगो लगाउदै प्रतिगामी संविधान जलाउछौं अधिकार सम्पन्न संविधान बनाउँछौं, पहिचानसहितको संघीयता जिन्दावाद, जनताको आन्दोलनको उपलब्धीलाई संविधानले संस्थागत गरौं, हाम्रो आन्दोलन जारी छ, प्रतिगामीहरु होशियार लगायतका नारा लगाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै संघीय समाजवादी फोरम नेपाल कास्की भेला आयोजक समितिका संयोजक दिपक तामाङले प्रस्तुत मस्यौदाले एकात्मक राज्य सत्तालाई निरन्रता दिन चाहेको र जनताको आन्दोलनको भावना विरुद्धको संविधान जारी गराउन चाहेको भन्दै आफुहरुले मस्यौदा जलाएको बताउनुभयो। आज मस्यौदा जलाएका छौं, यदि हाम्रो सांकेतिक आन्दोलनलाई नजअन्दाज गरिए देशैभर आगो बाल्ने चेतावनी दिए। कार्यक्रमको सञ्चालन संघीय समाजवादी फोरम कास्कीका सचिव गिरीप्रसाद गुरुङले गरेका थिए।





Comments

comments

Leave a Reply

7272