Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

भाईको संगीतमा राजेशपायल राईको पार्श्व गायन

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
चलचित्रको पाश्र्व गायनमा लामो समयदेखि आफूलाई टिकाई राख्न सफल गायक राजेशपायल राई ले शुक्रबार राजधानीको एकोस्टिक स्टुडियोमा एउटा गीत रेकर्ड गराएका छन्।

गायक राईले आफ्ना कान्छा भाई राई नबिनको संगीतमा चलचित्र ‘भूल्ने पो हो कि’ का लागि आफ्नो स्वर रेकर्ड गराएका हुन्। किरण माइकलको रचना रहेको ‘जबसम्म आकाश धर्ती तबसम्म रहन्छ यो माया पिरती’ बोलको गीतमा उनलाई गायिका अमृता लिम्बुले साथ दिएकी छन्।

थुप्रै आधुनिक गीतमा संगीत तथा स्वर समेत दिएका प्रतिभाशाली राई नबिनले पहिलो पल्ट ठूलो ब्यानरको चलचित्रमा संगीत दिएका हुन्। यसअघि, उनले दुवईबाट बनेको एक चलचित्रमा संगीत दिएका छन्।

आउदा दिनमा संगीतकारको रुपमा आफूलाई स्थापित गर्न लागिपरेका राई नबिनले दुईवटा एकल आधुनिक एल्बमसमेत निकालिसकेका छन्। भाईको संगीतमा चलचित्रमा गाउदा बेग्लै आनन्द महसुस गरेको बताउने गायक पायलका सहोदर दाजु रबिन राईसमेत आफूलाई नेपाली संगीतमा स्थापित गर्ने प्रयासमा छन्। उनले भर्खरै मात्र समय नामक आधुनिक गीति एल्बम बजारमा ल्याएका छन्।

अमेरिकामा ९० प्रतिशत छायांकन भईसकेको फिल्मका निर्देशक अनिश थापा हुन् भने प्रियंका कार्की, अनिश थापा को प्रमुख भूमिका रहेको छ। हाल सम्पादनमा रहेको चलचित्रको गीत तथा केही दृश्यको छायांकन नेपालमा हुनेछ।





Comments

comments

Leave a Reply

7304